नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा चार स्थान सुधार

खेलकुद

नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा चार स्थान सुधार भएको छ । आज फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ९९ औं स्थानमा पुगेको हो । यसअघि नेपाल एक सय १०३ र्औ स्थानमा थियो ।

एशियाली राष्ट्रमा १९ औं स्थानमा रहेको नेपाल दक्षिण एशियाली (साफ ) राष्ट्रमा भने दोस्रो स्थानमा यथावत छ । विश्व वरीयतामा ६९ औं स्थानमा रहेको भारत दक्षिण एशियामा शीर्षमा छ । एक स्थान सुधार गरेको भुटान एक सय ७१औं स्थानमा छ ।

अमेरिका शीर्ष स्थानमा यथावत छ । स्पेन, जर्मनी र इंग्ल्यान्ड क्रमशः दोस्रोबाट चौथो स्थानमा यथावत छ । तीन स्थान सुधार गर्दै जापान शीर्ष पाँचमा पुगेको छ । स्विडेन, क्यानडा र ब्राजिल एक स्थान तल झर्दै छैटौं, सातौं र आठौं स्थानमा छ । उत्तर कोरिया नवौं र नेदरल्यान्ड्स शीर्ष १० मा छ । विश्व वरीयतामा शीर्ष चारसम्म कुनै परिवर्तन भएको छैन ।

Share this: