इलामको देउमाइमा रुख ढाल्ने क्रममा रुखले किचेर एकको ज्यान गयो

समाचार

इलामको देउमाइ नगरपलिकामा रुख ढाल्ने क्रममा रुखले किचेर एकजनाको मृत्यु भएको छ ।

आज दिउँसो १।३० बजे इलाम देउमाई नगरपालिका – ५ बारुङमा सोही ठाउँ बस्ने थिरबहादुर कार्कीले आफ्नै बारीमा रहेको सिरिसको रुख पेट्रोलबाट चल्ने चेन्सो मेसिनले अन्दाजी २६ वर्षीय प्रेम लिम्बूलाई ढाल्न लगाएका थिए । सोही सिरिसको रुखले किचेर लिम्बूको घटनास्थलमा नै मृत्यु भएको हो ।

सोही वडाका वडा अध्यक्ष तिलकबहादुर तामाङले जानकारी गराउनसाथ अस्थायी प्रहरी विट गजुरमुखीधामबाट प्रहरी टोली खटिएर घटनास्थलमा आवश्यक थप अनुसन्धा गरिरहेको प्रहरीले जनाएको छ ।

Share this: