उमेश गुरुङको इलाम विशेष पुर्वेली गीत चाँडै बजारमा आउने ,गीतको रेकर्डीङ अडियोले नै बजार तताउँदै

मनोरञ्जन

उमेश गुरूङ एउटा यस्तो नाम हो जस्को नामले इलामको ठूलो टुडिखेलमा भइरहेको फुटबलको याद दिलाउँछ । यति मात्रै हैन पत्रकारीताको एउटा भरिएको कलामको याद दिलाउँछ । पाखा भित्तामा अल्झेको साहित्य, छहरा पहराबाट निस्किने संगीत र मानविय सभ्यताको एउटा सुन्दर गितको याद दिलाउँछ ।

हो यीनै उमेश गुरूङ जस्ले पछिल्लो समय सांगीतिक आकाशमा पुर्वीय भाकाहरूको सुवास छरिरहेको छ । मेला, पर्व , उकाली ओरालीमा भटिने दौतरीको कथा शब्दका मालामा उनेर संगीतको तरंगमा भरी गीतको माध्यमबाट जिवन्त संगालेर राख्ने गर्नुभएको छ ।

यो गीत मात्रै हैन एउटा पुस्ताको लागि दिइएको एक दस्तावेज पनि हो ।

हरेक क्षेत्रमा अब्बल निडर र धैर्यतावान शालिन व्यक्तित्व गुरूङले पछिल्लो समय राजनितीक यात्रामा अलिक बढी सक्रिय रहनुभएको छ । भर्खरै मात्र रेकर्डिङ गरेर एउटा सुमधुर गीत उहाँले बजारमा लिएर आउनुभएको छ । जुुन गीतमा सुमधुर स्वरका धनी गायक रगुन गुरूङ र लोचन भट्टराईले स्वारांकन गर्नु भएको छ भने संगीत संयोजन बलराम समालले गर्नुभएको छ ।

रेकर्ड भएको केही दिनमै विभिन्न मिडियामा गुन्जिएको गितको म्युजिक भिडियो भने चाँडै आउने गायक रगुन गुरूङले जान्कारी दिनुभयोे । रगुन गुरूङ पछिल्लो समय निक्कै व्यस्त रहेका गायक हुनुहुन्छ भने उहाँले राष्ट्रिय पुरस्कारहरू समेत हात पारिसक्नुभएको छ । उहाँ मोफसलमा नै बसेर  ” अल्झियौ अड्कियौ ” जस्ता लोकप्रिय गीत बजारमा दर्जनौ दिन सफल गायक रूपमा चिनिनुभएको छ ।

Share this: