राष्ट्रिय जनसांस्कृतिक महासंघ इलामको अध्यक्षमा गायत्रा ओली चयन

मनोरञ्जन

नेकपा एमाले निकट राष्ट्रिय जनसांस्कृतिक महासंघ इलामको अध्यक्षमा गायत्रा ओली चयन हुनुभएको छ। उहाँ चौथो जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वमा चयन हुनुभएको हो । समितिको उपाध्यक्षद्वय कुमार गुरुङ र टिन्कु भट्टराई , सचिवमा बिक्रम लिम्बू , सह सचिवमा गायक तथा संगितकार प्रविण बिसी र कोषाध्यक्षमा ज्ञान बहादुर राई चयन हुनुभएको छ ।

जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य एवम इलाम इन्चार्ज रगुन गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष उदय बहादुर राई, सचिव रबिन्द्र सुवेदी, उपसचिव रमेश राई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

नव निर्वाचित अध्यक्ष ओलिले आगामी दिनमा संगितकर्मीहरलाई व्यावसायिक बनाउन र स्थानिय स्तरका प्रतिभालाई पहिचान गरि राष्ट्रिय स्तरमा अवसर प्रदान गर्ने गरि यस समिले काग गर्ने बताउनुभयो । उहाँले अवसर नपाएर कला कौसताता लुकाउनु पर्ने बाध्यताको अन्त्य गर्न आफु र यस गठित कमिटि भुमिका निर्भाह गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

Share this: