कन्यामका सुक्खा ग्रस्त क्षेत्रमा उपभोक्ता समिति मार्फत पानी वितरण गरिने

समाचार

सूर्योदय नगरपालिका वडा नम्बर ७ कन्यामको सुक्खा ग्रस्त क्षेत्रलाई लक्षित गर्दै खानेपानी वितरण गरिने उदेश्यले यतिबेला धमाधम काम भइरहेको छ।

कन्याम सामुदायिक खानेपानी सरसफाई उपभोक्ता समितिको पहलमा सूर्योदय नगरपालिकाबाट ३६३० मिटर पाइप अनुदान स्वरुप प्राप्त गरि पाइप बिछ्याने काम पनि भइरहेको निर्माण समितिले जनाएको छ । योजना कार्यान्वयनका लागि आर्थिक वर्ष २०८१ साल चैत्र ४ गते नगरपालिका तथा उपभोक्ता समिति बिच सम्झौता भए अनुसारले काम अगाडि बढिरहेको निर्माण समितिका अध्यक्ष रमेश गिरीले जान्कारी दिनुभयो ।

यस योजना सम्पन्न भए भएपछि वडा नम्वर ७ का विभिन्न पेशा, व्यवसाय गर्ने उपभोक्ताहरु लाभाम्वित हुने बताइएको छ । २०७२ सालबाट सन्चालित वडा नम्बर ६ कन्यामबाट कन्याम सामुदायिक खानेपानी सरसफाइ आयोजना विभिन्न अफ्ठ्यारा र चूनौतीहरु झेल्दै कन्याम सामुदायिक खानेपानी सरसफाइ आयोजना स्थानीयको पहलमा निरन्तर संचालनमा छ।

विगतका वर्षहरुमा फितलो व्यवस्थापन आवश्यक प्राविधिक दक्षता अभाव , आर्थिक अभाव कर्मचारीको अभाव लगायतका कारण झण्डै धराशयी बनेको थियो । गत वर्षको जेठ महिनामा सम्पन्न साधारण सभामा करिव २ लाख ५० हजार बराबरको घाटा रहेको आर्थिक विवरण प्रस्तुत गरिएको थियो ।

हाल अवस्थामा सुधार आइ यस क्षेत्रका उपभोक्तालाई पर्याप्त पानी आपूर्ति गर्न यस आयोजना सफल रहेको निर्माण समितिका सचिव संदिप तामाङले बताउनुभयो । उहाँका अनुसार ३।५ एच पि मोटर बाट पम्पिङ गरि वितरण गरिने छ। यस क्षेत्रमा पर्याप्त मुहान स्रोतहरु भए पनि स्थानीय वा सरोकार वालाहरु बाट आवश्यक सहयोग र सुपरिवेक्षण नहुदाँ सोचे अनुरुप चलाउन कठिन भएको आयोजनाका अध्यक्ष मनबहादुर महतले बाउनुभयो ।

Share this: