कोशी प्रदेशमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

स्वास्थ्य

कोशी प्रदेशमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ। बिराटनगर–९ निवासी ७५ वर्षीया कान्तादेवी पोद्धारको आज बिहान उपचारको क्रममा निधन भएको हो।

प्राप्त जानकारी अनुसार, हिजो साँझ ५ बजे श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई तत्काल न्युरो अस्पताल, बिराटनगरमा लगिएको थियो। प्रारम्भिक परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि अवस्था गम्भीर हुँदै गएपछि उनलाई थप उपचारका लागि बिराट टिचिङ अस्पताल सारिएको थियो। तर, आज बिहान ३स्३० बजे उपचारकै क्रममा उनको निधन भएको मोरङ प्रहरीले जनाएको छ।

यसअघि असार १० गते इलामकी एक महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो। नयाँ भेरियन्ट फैलिन थालेयता देशभरि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ।

यता, झापामा कोरोना संक्रमितको संख्या ९ जना पुगेको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार संक्रमितको संख्या थप बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

Share this: