चेतना नाट्य समूहको प्रस्तुतिमा “यादहरु” म्युजिक भिडियो शनिबार सार्वजनिक हुने

मनोरञ्जन

इलाम

चेतना नाट्य समूह इलामको प्रस्तुतिमा स्थानिय कलाकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले तयार गरिएको “यादहरु” नामक म्युजिक भिडियो असोज ११ गते, शनिबार बिहान ११ बजे गाँउको युट्युब च्यानलमार्फत सार्वजनिक हुने भएको छ।

गीतमा रचना, गायन तथा संगीत संजोग गौतमको रहेको छ भने एरेन्जिङ विश्व अधिकारीले गरेका छन्। भिडियोमा हालै एपिवान च्यानलमा प्रशारण भइरहेको एक्टिङ रियालिटी शोकी फाइनलिस्ट भावना खपाङ्गी मगर सहित दर्शन घिमीरे, तेज मगर र आशिका राईको अभिनय रहेको छ।

सन्दकपुर गाउँपालिकाको देउराली आसपासका रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा सिनेमेटोग्राफी दुर्गश भट्टराई र मिलन निरौलाले गरेका हुन् भने निर्देशन अन्वेश राई थुलुङ्गले गरेका हुन्।

भिडियोले स्थानिय प्रतिभालाई प्रोत्साहन गर्दै सांगीतिक क्षेत्रको विकासमा योगदान पुर्‍याउने अपेक्षा लिइएको आयोजकहरूले बताइएको छ।

Share this: