गायक रगुन गुरुङको नयाँ गीत ‘डिम्पल गालैमा’ सार्वजनिक

मनोरञ्जन

इलाम सूर्योदय नगरपालिका–९ निवासी गायक रगुन  गुरुङले नयाँ गीत डिम्पल गालैमा सार्वजनिक गर्नुभएको छ । पछिल्लो समय निरन्तर रूपमा आफ्ना सिर्जनात्मक गीत–संगीत बजारमा ल्याउँदै आएका गुरुङको यो गीत पनि श्रोतामाझ लोकप्रिय हुने अपेक्षा गरिएको छ ।

गीतको शब्द संकलन संजय बरालले गरेका छन् भने संगीत शिखर सन्तोषले दिनुभएको छ । गीतको संगीत संयोजन बलराम समालले गर्नुभएको हो । आधुनिक लयमा तयार पारिएको यस गीतलाई ‘रघुन गुरुङ अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

हाल अडियो संस्करण मार्फत गीत सुन्न सकिने गायक गुरुङले बताउनुभयो । उहाँका अनुसार गीतको भिडियो संस्करण पनि चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

गुरुङले यसअघि पनि विभिन्न प्रेम र सामाजिक सन्देशयुक्त गीतमार्फत श्रोतामाझ राम्रो प्रभाव छोड्दै आउनुभएको छ ।

Share this: