युथ ग्रुप सूर्योदय–१३ द्धारा उपचारर्थ रुङमिङ लिम्बूलाई ३१ हजार बढी सहयोग रकम हस्तान्तरण

समाचार

‘युवाको एकता आजको आवश्यकता ’ भन्ने नाराका साथ स्थापित युथ ग्रुप सूर्योदय–१३ इलामले , चोक्टी गाउँ निवासी प्रेम लिम्बूकी एक वर्षिय छोरी रुङमिङको उपचारर्थ आर्थिक सहयोग गरेको छ ।

मुटु, पिसाव इन्फेक्सन र किड्नीसम्बन्धी समस्याबाट पीडित लिम्बूलाई स्क्रब टाइफस नामक किर्नाले टोकेपछि उपचारको क्रममा रहेका छन् । उपचारमा हालसम्म ४ लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको र हप्तामा दुई दिन अस्पताल फालोअपकको लागि जानुपर्ने भएकाले एकपटकमा करिब १५ हजार रुपैयाँ खर्च भइरहेको बिरामीका बुवा प्रेम लिम्बू बताउनुभएको छ ।

 

 

साथीभाइ र आफन्तजनबाट संकलित रकमसहित युथ ग्रुपका सदस्यहरूले सक्रियतापूर्वक सहयोग संकलन गरी सोम्बार विरामीका बुबा प्रेमलाई उठेको रकम हस्तान्तरण गरेका हुन् । उक्त समूहका अध्यक्ष प्रविन बिसी, कोषाध्यक्ष मनोज राई र सचिवलगायत सदस्यहरूको पहलमा जम्मा रु। ३१ हजार ६ सय ९० रुपैयाँ सहयोग ग्रुपका सदस्यहरुको साथमा प्रदान हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा समूहका पदाधिकारीहरूले रुङमिङ लिम्बूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आगामी दिनमा पनि एकअर्काको सहयोगमा हातेमालो गरेर अगाडी बढ्नेमा जोड दिएका छन । रकम हस्तान्तरणको कार्यक्रम सहको अध्यक्ष विपिन पौडेलले संचालन गर्नुभएको थियो ।

Share this: