दुर्घटनामा घाइते सूर्योदय नगरपालिका १० निवासी रुप सुवी राईको मृत्यु

समाचार

इलामको सुर्योदय नगरपालिका वडा नम्बर १० आहाले निवासी ३६ वर्षीया रुपा सुवी राईको दुर्घटमा परि ज्यान गएको छ । गत शनिबार दिउँसो करिब ४ बजे आहाले जाने माथिल्लो भित्रि सडकमा मे १ ज १७९० नम्बरको पिकअप र प्रदेश नम्बर १ ०० ह ८१९७ नम्बरको अटो एकआपसमा ठकर खाँदा उहाँ घाइते बन्नुभएको थियो । गम्भीर घाइते भएकी राईलाई बि एन्ड सी अस्पताल विर्तामोड लगिएको थियो। सो अस्पतालले उपचार सम्भव छैन भन्दै फर्काएपछि उहाँलाई फिक्कल अस्पताल ल्याइएको थियो।

फिक्कल अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा डाक्टरले पल्स र ब्लडप्रेशर भेटिएपछि राईलाई सघन उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा स्थानान्तरण गरिएको थियो। तर उनको उपचार संभव नभएपछि आज विहान ४ बजे मृत घाषण गरिएको थियो ।

मृतक राई सुर्योदय नगरपालिकाकी एक निष्ठावान कर्मचारी रहनुभएको थियो ।  यता पिकप चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको र अटो चालकलाई आवश्यक्ता अनुसार उपस्थिति गराई घटनाको थप अनुसन्धान गरिने गरि परिवारको जिम्मा लगाईएको फिक्कल प्रहरी चौकीले जनाएको छ । 

Share this: