सदगुरू मानव सेवा फाउण्डेशन सुर्योदय नगर समितिद्धारा ह्युल चेयर प्रदान

समाचार

सदगुरू मानव सेवा फाउण्डेशन सुर्योदय नगर समितिले ह्युल चेयर प्रदान गरेको छ । सुर्योदय नगरपालिका वडा नम्बर १ मक्करजुङ्ग निवासी मैया देवी खड्कालाई शनिबार उहाँको घरमै पुगेर ह्युल चेयर प्रदान गरेको हो ।

गत पौष १० गते सम्म संचालित सुर्योदय नगरपालिका वडा नम्बर आठको मालुम पुराणमा नाम टिपाउनु भएका व्यक्तिहरूलाई पुराण आयोजक समितिले सामाग्रीहरू प्रदान गरेको फाउण्डेशन नगर समिति अध्यक्ष अनिता पौडेलले बताउनुभयो ।

पुराणमा अन्य व्यक्तिहरूले पनि विभिन्न सामाग्रीहरू माग गरेकाले फाउण्डेशन अब क्रमिक रूपले प्रदान गर्दै लाने नगर सचिव मुना ढकाल भट्टराईले जान्कारी दिनुभयो । उहाँले पुराणमा प्राकृतिक चिकित्सा पद्धतिबाट स्वास्थ्य परिक्षण गराउनु हुने व्यक्तिहरूको लागि पनि नगर समितिले चाँडै डाक्टर बोलाई हस्पिटल नै संचालन गर्ने गरि व्यवस्थापन मिलाईरहेको बताउनुभयो ।

ह्युल चेयर प्रदान गर्न मानव सेवा फाउण्डेशन संस्थापक सदस्य पण्डित लक्ष्मिरवण खतिवडा , केन्द्रीय सदस्य इलाम जिल्ला प्रमुख तारा कुमार  नेपाल, नगर समिति उपाध्यक्ष शर्मिला नेपाल,सहसचिव वर्षा नेपाल , कोषध्यक्ष मिना ढकाल , आजिवन सदस्य मेनुका नेपाल , विमला नेपाल, प्रकाश घिमिरे, सरना राया , निकेश राया लगायतको सहभागिता रहेको थियो ।

शारीरिक अशक्तता भएका व्यक्तिहरूलाई सेवा गर्दै शान्ति र समृद्धिका लागि आध्यात्मिक एकताका साथ समाज परिवर्तनको उदेश्यले फाउन्डेसनले काम गरिरहेको छ । आचर्य पन्डित मुकुन्द नेपाल सदगुरू मानव सेवा फाउण्डेशनका केन्द्रिय अध्यक्ष रहनुभएको छ भने मुख्य कार्यलय झापामा रेहेको छ ।

Share this: