फिक्कल :-
सुर्योदय नगरपालिका १० फिक्कल स्थित इलाम साईज्वोति अंग्रेजी बोर्डिङ स्कुलले सरस्वती पुजा विषेश कार्यक्रमको आयोजना गरि विध्यार्थीका सम्पुर्ण अभिभावकहरूलाई दोसल्ला ओढाइ सम्मान गरेको छ ।
संस्थापक प्रिन्सिपल रन्जित श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरनारायण श्रेष्ठको प्रमुख अतिथ्यता रहेको थियो । नानीहरूलाई अक्षाराम्भ गराउँदै छोरा नातिसम्म सोही विद्यालयमा अध्ययन गराउने अभिभावक भोजरा भण्डारी र केदार थापालाई सम्मान पत्रले सम्मान गरेको छ । त्यसैगरी गत वर्षको एसइइ परिक्षामा उत्कृष्ट जिपिए प्राप्त गर्ने विध्यार्थीहरू साहिल साप्कोटा र आलोक सुवेदीलाई सम्मान गरिएको छ । यसै अवसरमा प्रमुख अतिथि श्रेष्ठलाई समेत विद्यालय परिवारले दोसल्लाह ढाका टोपीले सम्मान गर्दै मायाको चिनो प्रदान गरेको थियो।
विहान सरस्वतीमाताको प्रतिमामा पुजा सम्पन्न पछि विद्यार्थीहरूले नित्य,गायन,वक्तित्व कला र नाटक प्रस्तुत गरि मनोरञ्जन गराएका थिए । २०५७ सालमा स्थापित विद्यालयले वार्षिक उत्साह लगायत विभिन्न चाडपर्व विशेष कार्यक्रमहरू गरि विद्यार्थीलाई प्रोत्साहन साथै विद्यार्थीको चौतर्फी वृतिविकास गराउँदै आएको प्रिन्सिपल रन्जित श्रेष्ठले बताउनु भयो ।
उहाँले विध्यार्थीहरूलाई आर्थिक आयआर्जनको स्रोतको रूपमा नभई गुणस्तरीय शिक्षा दिनु पर्छ भन्ने मान्यताले साईज्वोति विद्यालयको स्थापना गरिएकाले गरिव असाहाय विद्यार्थीहरूलाई विभिन्न छात्रवृत्तिका कार्यक्रमहरू राखेर काम गरिरहेको जान्कारी दिनुभयो ।
हाल विध्यालयमा २४ जना स्टाफका साथमा करिव ३०० विद्ययार्थी रहेका छन भने यस वर्ष विद्यार्थीको आगमन बढ्ने संकेत समेत देखिएको प्रिनसिपल श्रेष्ठले बताउनुभयो ।