सुर्योदय नगरपलिकाद्धारा बजार अनुगमनको निरन्तरता, १७ हजार बढीको म्याद गुज्रिएको वस्तु फेला

स्वास्थ्य

फिक्कल,इलाम

इलामको सुर्योदय नगरपलिकाद्धारा बजार अनुगमनलाई निरन्तरता दिइएको छ । उपभोक्ताको स्वास्थ्यमा खाद्य तत्वबाट पर्ने असर र चिसोको समय मध्यनजर गरि अनुगमनलाई निरन्तरता दिइएको सुर्योदय नगरपालिका उपभोक्ता हित संरक्षण अधिकृत नविन ढकालले जान्कारी दिनुभयो । उहाँले वडा नम्बर ८ को शान्ति बजार बाट पाल्टाङ्गे सम्म रहेका किराना पसल, मिठाइ पसल, लगायतका साना ठुला गरि दश ओटा पसलहरुमा आइतबार अनुगमन गरिएको बताउनुभयो ।

नगरले समय समयमा अनुगमन गरिरहे पनि कतिपय पसल नयाँ सन्चलानमा आएकाले दर्ता तथा नविकरण नगरिएको धेरै पसलहरुमा मुल्य सुचि टाँस नगरिएको पाइएकाले उनिहरुलाई सात दिनको म्याद दिएर आधिकारीक बनाउन सुझाव दिएको बताउनुभयो ।

पसलहरुलाई दर्ता लाइसन्स लिएर मात्रै मधिरा, सुर्ती जन्य पदार्थहरु बेचविखन गर्न बारेमा जान्कारी गराइएको छ । यस्तै सरसफाइमा ध्यान दिन पनि सुझाव दिइएको उहाँको भनाइ रहेको छ । केही पसलहरबाट म्याद गुज्रिएको ,मिठाई, चिप्स, विस्कुट,तेल,लगायतका लगायतका १७ हजार मुल्य बराबरका वस्तु फेलापारी जफत गरिएको समेत जान्कारी दिनुभयो ।

उपभोक्ता हित संरक्षण ऐन अन्तरग नगर उप प्रमुख दुर्गा कुमार बरालको संयोपकत्वमा नगर समिति रहेको छ जस्को मातहतमा अनुगमन विभिन्न समयमा गरिन्दै आएको छ ।

अधिकृत डकाल , सुर्योदय उद्योग बाणिज्य महाँसघ प्रतिनिधि ,नगर प्रहरी, नेपाल प्रहरी, आठ नम्बर वडाका कर्मचारी, संचारकर्मी लगायतको उपस्थितिमा आनुगमन गरिएको थियो ।

Share this: