कुटिडाँडा टोलविकास समिति फोहारमैला व्यवस्थापनमा सक्रिय बन्दै

समाचार

फिक्कल ,इलाम

इलामको रोङ गाउँपालिका ३ कुटीडाडाँ टोलविकास संस्थाले फोहोर मैला व्यवस्थापन तथा सरसफाई अभियनको शुभारम्व गरिएको छ ।

रोङ गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलको प्रमुख अतिथ्यतामा एक कार्यक्रम विच अभियानको शुभारम्व गरिएको हो । उहाँले रोङ गाउँपालिकाले पालिका भित्रका राजमार्गमा आवतजावत गर्ने सवारी साधनबाट फालिने पाल्स्टिक जन्य वस्तु तथा फोहोरलाई गाडिमै व्यवस्थापन गरि डस्विनमा फालिदिन आग्रह गर्नुभयो ।

विशेष अतिथि वडा नम्बर ३ का वडा अध्यक्ष मात्रिका बरलले टोलले गरेको काममा व्यावसायी तथा आगन्तुकले सहयोग गर्नु पर्ने बताउनुभयो ।

भोला पराग , चाउचाउ, पानीका बोटल, भमिट गरेका पाल्स्टिक लगायत रोडको छेउमा ,कुटिडाँडा बजार आसपास अथवा जथाभावी फालिएको पाईएमा संबंधित ऐनले तोके अनुसारको जरिवाना समेत गराईने संस्थाका अध्यक्ष मिलन भुजेलले बताउनु भयो ।

उहाँले यो अभियान एक दिन मात्रै नभई मेचि राजमार्गमा संचाल हुने सवारी साधनका लागि र कुटीडाँडामा पुग्ने पर्यटले संधै लागु गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमाको पहिलो दिन बुधबार गाडीमा पर्चा समेत वितरण गरिएको टोल विकास समितिका सचिव विनोद निरौलाले जान्कारी दिनुभयो ।

Share this: