निजामती कर्मचारी संगठन इलामद्वारा अनाथालयलाई खाद्यान्न सामाग्री सहयोग

समाचार

नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्य समिति, इलामले आफ्नो स्थापना दिवसको अवसर पारेर राहसल बाल गृह (अनाथालय) इलामका बालबालिकाहरुलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ।

संगठनले बैशाख ७ गते आफ्नो स्थापना दिवस मनाउँदै छ र यसै अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै अनाथालयमा आश्रित बालबालिकाहरुलाई दैनिक जीवनयापनमा सहयोग पुग्ने खाद्यान्न सामग्री प्रदान गरेको हो।

जिल्ला कार्य समितिका पदाधिकारीहरुको उपस्थितिमा आयोजित एक कार्यक्रममा अनाथालयका प्रतिनिधिहरुलाई खाद्यान्न हस्तान्तरण गरिएको थियो। संगठनका जिल्ला अध्यक्ष पारस न्यौपानेले यस्तो कार्यले संगठनका सदस्यहरुलाई सामाजिक सेवामा उत्प्रेरित गर्ने र बालबालिकाहरुको भविष्य उज्ज्वल बनाउन सानो भए पनि टेवा पुग्ने विश्वास व्यक्त गरे।

राहसल बाल गृहका सञ्चालक समितीका अध्यक्ष माया भट्टराईले नेपाल निजामती कर्मचारी संगठनको यो सहयोगप्रति आभार व्यक्त गर्दै प्राप्त खाद्यान्न सामग्रीले बालबालिकाहरुलाई ठूलो राहत मिल्ने बताईन।

नेपाल निजामती कर्मचारी संगठन, इलामले आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

 

साभार नयाँबुलन्द डटकम

Share this: