भद्रपुरमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

समाचार

हिजो साँझ भद्रपुरमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । हिजो साँझ ७ः३० बजे भद्रपुर नगरपालिका वडा नं।२ स्थित बनियानी– भद्रपुर सडकखण्डमा हिमाली टोलबाट भद्रपुरतर्फ आउँदै गरेको बीआर ३७ भी २१२७ नं। को मोटरसाइकललाई सोही दिशातर्फ आई पश्चिमतर्फ मोड्दै गरेको मे।१च ५४४७ नं को पिकअपले ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर १ बस्ने ३५ वर्षीय दिलिप राजवंशी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएकोमा राति ८ः०५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकको शवलाई कानुनी प्रकृया पुरा गरि पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको , दुबै सवारी साधन र पिकअप चालक भद्रपुर ३ बस्ने ४४ वर्षीय पंकज सुवेदीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

Share this: