किर्नाको टोकाइबाट इलाम लुम्बकका बालकको ज्यान गयो

सबै समाचार

किर्नाको टोकाइबाट एक बालकको मृत्यु भएको छ । माई नगरपालिका–१०, लुम्बाकका सन्तोष रम्तेलको उपचारका क्रममा निधन भएको हो।

कक्षा ७ मा हिमालय माध्यमिक विद्यालय मा अध्ययनरत रम्तेललाई चैत १४ गते किर्नाले टोकेपछि ज्वरो आएको थियो। अवस्था गम्भीर बन्दै गएपछि उनलाई उपचारका लागि बिएण्डसी अस्पताल लगिएको थियो।

अस्पतालमा उपचारकै क्रममा हिजो उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलाम ले जनाएको छ।

यस घटनाले स्थानीयमा त्रास फैलिएको छ। स्वास्थ्यकर्मीहरूले किर्नाको टोकाइबाट हुने रोगप्रति सचेत रहन, समयमै उपचार गराउन र व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरेका छन्।

Share this: