इलामको रोङमा लम्फि स्किन रोगको पुन आगमन, किसानमा चिन्ता थपियो

समाचार

गोबिन्द पौडेल,  रोङ इलाम

करिव दुई वर्ष अघि पशुहरुमा महामारीको रुपमा फैलिएको लम्फि स्किन डिजिज फेरि पशुमा देखिन थालेको छ । किसानले पालेको गाई, भैंसी, गोरुमा देखिने यो रोगको शुरुमा सुन्निने, घाँस ,दाना नखाने ,ज्वरो आउने छालामा फोका र घाउ देखिदै पशुहरु मर्ने सम्म हुन्छ । केहि वर्ष अघि  लम्फि स्किन डिजिजवाट करोडौको नोक्सानि बेहोरे किसानहरुमा फेरि सोहि रोगको पुनरागमन भएपछि चिन्ता थपिएको छ ।

इलाम रोङमा योरोग देखिन थालेपछि किसानहरुमा भयभित अवस्था सिर्जना भएको हो । आजसम्मको तथ्याङ्क अनुसार रोङ गाउँपालिकाको सबै वडामा गरि १६ किसानको १७ वटा पशु सक्रमित भएको र १ वटा मरेको विवरण प्राप्त भएको रोङ गाउपालिका पशुशाखाका प्राविधिक राकेस कुमार राउतले बताउनुभयो ।

सयौँको सख्यामा पशुहरुमा सक्रमण भएको अनुमान गरिएको ईलामको रोङ गाउपालिकामा नियन्त्रणका लागि पशुप्राविधिक, जनप्रतिनिधि, टोलविकास समिति सबैमा तैयारिगरि आईतवारदेखि रोग नियन्त्रणमालागि विशेष प्रयत्न गरिने रोङ गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वोले सुवासले बताउनुभएको छ ।

Share this: