एसईईमा उत्कृष्ट विद्यार्थीलाई बिर्तामोड एजुकेशन फाउन्डेसनद्वारा नगद सहित सम्मान

सबै

बिक्रम सुन्दास ;-फिक्कल ,इलाम

बिर्तामोड एजुकेशन फाउन्डेसन फिक्कल शाखाले एसईई २०८१ मा उत्कृष्ट हुने विद्यार्थीहरूलाई सम्मान गरेको छ ।

सुर्योदय नगरपलिकाका विभिन्न विद्यालयका मेधावी विद्यार्थीहरूलाई कदरपत्र प्रदान गर्दै उनीहरूको शैक्षिक उपलब्धिमा उत्साह थपेको हो। फाउण्डेशनले कम्प्युटर तालिम सफलतापूर्वक सम्पन्न गरेका विद्यार्थीहरूलाई पनि प्रमाणपत्रसहित सम्मान गरेको छ ।

कार्यक्रममा उत्कृष्ट शैक्षिक प्रदर्शनका आधारमा फिक्कल माध्यमिक विद्यालय र एभर्ल्याण्ड इन्टरनेसनल एकेडेमीका २ जना उत्कृष्ट जिपिए ल्याउने विध्यार्थीलाई नगदसहित सम्मान प्रदान गरिएको थियो।

सम्मान कार्यक्रममा प्रमुख अतिथि फिक्कल माध्यमिक विद्यालयका शिक्षक मातृका दाहाल तथा विशिष्ट अतिथि अनिल राई रहनुभएको थियो। त्यस्तै, शोभा राई, रोशन श्रेष्ठ, होमादेवी भट्टराई, विष्णुमाया गुरुङ, रोमन श्रेष्ठ, रमेश भट्टराईलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा फाउण्डेशनले प्राइभेट क्षेत्रबाट शिक्षामा गरेको योगदान र विद्यार्थीको मनोबल बढाउने कार्यको वक्ताहरुले प्रसंशा गर्नुभएको थियो ।

फिक्कल शाखाका संयोजक रुद्र कार्कीकाले विद्यार्थीहरूलाई भविष्यप्रति सकारात्मक प्रेरणा दिने उद्देश्य राखर कार्यक्रम गरिएको जान्कारीदिनुभयो। उहाँले विद्यार्थीले अहिले भविष्यको चिन्ता लिने दिन नरहेको बताउनुभयो । भरिसके देशमै स्वरोजगार बन्ने तर्फ लाग्नुपर्ने तर यदि विकल्प नभएमा विदेश जानै पर्ने भएमा भाषा शिप सिकेर दक्ष बनेर मात्रै जान पर्ने सुझाव दिनुभयो ।

फिक्कलको एप्पल ट्रेड हाउसमा संचालित फाण्डेशनले जापान,कोरीया , अस्ट्रेलिया, युके , क्यानडा, माल्टा लगायतका देशका भाषाको अध्ययन गराउँदै कम्प्युटरका विभिन्न कोर्षहरु ,ट्रयुशनका कोर्षहरु गराउनका साथै कम्जोर विध्यार्थी र विदेश जान चाहानेको लागि उचित परामर्श समेत दिँदै आएको छ ।

Share this: