प्रविन बिसी :- इलाम
सूर्योदय नगरपालिका–१३ मा युथ ग्रुपको औपचारिक स्थापना एक विशेष समारोहका बीच गरिएको छ। कार्यक्रममा अध्यक्ष प्रविन बिसी, उपाध्यक्ष युवराज भण्डारी, कोषाध्यक्ष मनोज राई तथा संयोजक विपिन पौडेलसहित ३० भन्दा बढी युवाको सहभागिता रहेको थियो।
फिक्कल श्रीनिधि हस्पिटलका सञ्चालक तथा प्रमुख अतिथि विवेश अधिकारीको उपस्थितिमा अध्यक्ष, उपाध्यक्ष र प्रमुख अतिथिले संयुक्त रुपमा पर्दा तानेर ब्यानर उद्घाटन गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष युवराज भण्डारीले युवा एकता र सामाजिक दायित्वलाई जोड दिँदै विकृति–विसंगति विरुद्ध सशक्त अभियान चलाउने प्रतिवद्धता जनाउनुभयो। अध्यक्ष प्रविन बिसीले युवाको सक्रियतालाई स्थानीयदेखि राष्ट्रिय विकाससम्म महत्वपूर्ण आधारका रूपमा चित्रण गर्दै पर्यटन प्रवर्द्धन, सामाजिक अभियान र सुधारका गतिविधिलाई संस्थागत रूपमा अघि बढाइने जानकारी दिनुभयो।
त्यसैगरी प्रमुख अतिथि विवेश अधिकारीले ढिलो भए पनि राम्रो कामको सुरुवात भएको प्रति खुसी व्यक्त गर्दै युथ ग्रुपलाई तत्काल रु। १० हजार सहयोगको घोषणा गर्नुभयो। साथै भविष्यमा निःशुल्क स्वास्थ्य शिविरमार्फत निरन्तर सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्तभयो।
कार्यक्रममा स्वागत मन्तव्य देवीका कट्टेलले गर्नुभएको थियो भने सञ्चालन संगीत पौडेलले गर्नुभएको थियो। आर्थिक विवरण संयोजक विपिन पौडेलले प्रस्तुत गर्नुभएको थियो।