प्रविन बिसी :- लक्ष्मिपुर , इलाम
नेपाल रेडक्रस सोसाइटी फिक्कल उपशाखाले संयुक्त राष्ट्रसंघ ( UNFPA ) बाट प्राप्त राहत सामग्री सुर्योदय नगरपालिकाको समन्वयमा गर्भवती र सुत्केरी महिलालाई वितरण गर्ने अभियान सुरु गरेको छ।
सो अभियानअन्तर्गत सोमबार सुर्योदय नगरपालिका वडा नं। १३ मा आयोजित कार्यक्रममा १५ जना महिलालाई ‘विन्टर किट्स’ र ‘डिग्निटी किट्स’ वितरण गरिएको छ । कार्यक्रममा वडा अध्यक्ष हेमराज आचार्य सभापति रहनुभएको थियो भने फिक्कल रेडक्रसका उपसाखाका अध्यक्ष सुजन नेपाल प्रमुख अतिथि हुनुहुन्थ्यो।
रेडक्रसका अनुसार बाढीपहिरोपछि जोखिममा परेका गर्भवती र सुत्केरी महिलाका लागि सुर्योदयका १४ वटै वडामा यस्ता कार्यक्रम चरणबद्ध रूपमा सञ्चालन गरीने छ । राहत पाएका महिलाहरूले सहयोगले ठूलो राहत पुगेको बताएका छन्।
कार्यक्रम सञ्चालन वडा कार्यालयकी कर्मचारी यमुना लुइटेलले गर्नुभएको थियो ।



