सूर्योदय सामाजिक प्रतिष्ठानद्वारा प्रकाशित स्मारिका एवं साहित्यिक सङ्गालो आइतबार एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ। सूर्योदय नगरपालिका–१० फिक्कलस्थित महिला सिर्जना बहुदेश्यीय सहकारी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद गौतमको अध्यक्षता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि मरव क्याम्पस इलामका पुर्व उप–प्राध्यापक केशबहादुर राई तथा विशेष अतिथि सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गाप्रसाद बराल रहनुभएको थियो। अतिथि राईले सुर्योदय नगरपालिकाको साख जसरी अन्तराष्ट्रिय स्तरमा पुगेको छ ,प्रतिष्ठान र यो स्मारिकाको पनि साख त्यसरीनै बढेर जाने विस्वास व्यक्त गर्नुभयो । उहाँले यो स्मारिका निकाल्न जसरी आयोजक टिमले मेहनत गरेकोछ त्यसरीनै अब गूरुको रुपमा मान सम्मान पाउने दिन आएको बताउनुभयो ।

यस्तै नगर कार्यबाहक नगरप्रमुख दुर्गा कुमार बरालले प्रतिष्ठानका निम्ति विगतमा के भए त्यस्को लागि भन्दा पनि अब के कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल गरी प्रपोजल पेश गर्न समितिलाई आग्रह गर्नुभयो । उहाँले सबै बजेटिङ प्रोशेष हुने हुँदा विचमा पैसा मागर नपाइने स्पष्ट पार्नुभयो । उहाँले नगरले सबैलाई समेटेर स्रोत अनुसार आर्थिक सहयता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद गौतमले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्थानीय साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा स्मारिका र साहित्यिक सङ्गालोले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
प्रतिष्ठानका सचिव प्रेमसागर भट्टराई अस्वस्थ रहनुभएकाले कार्यक्रमको सहजीकरण उपाध्यक्ष केपी ढकालले गर्नुभएको थियो भने स्वागत मनतव्य प्रेम फागोले राख्नुभएको थियो । कार्यक्रममा विभिन्न संघसंसथाका प्रमुख तथा प्रतिनिधिहरु केशवराज पौडेल, अर्जुन वेदना राई, चन्दनकिशोर लिम्बू, निर्मला कट्टेल, धनकुमार तामाङ, दीपक शर्मा अधिकारी, डिल्लीप्रसाद सुवेदी, नुरज भट्टराई ‘नदी’, केदारनाथ अर्याल, विक्रम सुन्दास, लीलानाथ भट्टराई तथा शिवप्रसाद अधिकारी ९ईलामे जेठो० लगायतले शुभकामना मन्तव्य तथा साहित्यिक सिर्जना प्रस्तुत गर्नुभएको थियो।
सो अवसरमा साहित्य, शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रममा साहित्यप्रेमी, बुद्धिजीवी, सामाजिक व्यक्तित्व तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले स्मारिका तथा साहित्यिक सङ्गालोले स्थानीय स्रष्टाहरूको सिर्जनशीलता अभिव्यक्त गर्ने साझा मञ्चका रूपमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ।
स्मारिकालाई तिन खण्डमा विभाजन गरी प्रकाशन गरिएको छ । स्मारिकाको दाम पाँच सय रुपैयाँ राखिएको छ । स्मारिकामा सुर्योदयका सबै पक्षलाई समेटेर प्रकाशन गरिएको भए पनि यस्को थप अंक निकाल्दै लगिने आयोजकले जनाएको छ ।
