नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजना तथा पर्यटन कार्यालय काँकडभिट्टाको सहकार्यमा इलामको पर्यटकीय क्षेत्र अन्तुको अन्तुहोम स्टेमा मा चार दिने पर्यटन पत्रकारिता तालिम सम्पन्न भएको छ।
तालिममा कोशी प्रदेशका मोरङ, सुनसरी, तेह्रथुम, झापा, इलाम, पाँचथर र ताप्लेजुङ गरी सात जिल्लाका ३० जना पत्रकारहरूको सहभागिता रहेको थियो। सहभागी पत्रकारहरूलाई वरिष्ठ पत्रकार मोहनि मैनाली पर्यटन प्रर्वधनको लागी स्टोरी लेखन कला तथा समाचार सम्प्रेषण सम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गर्नुभएको थियो।
तालिमको उद्घाटन कोशी प्रदेश सरकारका भिम पराजुली, सुर्योदय नगरपाकिाका कार्यबाहक नगप्रमुख दुर्गाकुमार बराल तथा पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडाले संयुक्त रूपमा गर्नुभएको थियो। उद्घाटन अवसरमा मन्त्री पराजुलीले स्थानीय पर्यटन व्यवसायी तथा पत्रकारहरूसँग आन्तरिक पर्यटन प्रवर्द्धनका विषयमा अन्तरक्रिया समेत गर्नुभएको थियो।

तालिम अवधिभर सहभागी पत्रकारहरूलाई इलामको प्रसिद्ध पर्यटकीय स्थल अन्तु पोखरी, अन्तुको सूर्योदय अवलोकन स्थल, गुफापाताल, छब्बिसे सीमाक्षेत्र, नेपाल–भारत सीमा क्षेत्रमा रहेको मेची नदी तथा नदीको उद्गमस्थल लगायतका क्षेत्रहरूको स्थलगत अध्ययन तथा अवलोकन गराइएको थियो।
नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले यसअघि यस्तै प्रकृतिको पर्यटन पत्रकारिता तालिम धनकुटाको नाम्जेमा समेत सञ्चालन गरेको प्रदेश अध्यक्ष भरत खड्काले जान्कारी दिनुभयो ।
