फिक्कलमा टोपी दिवसको अवसरमा ज्येष्ठ नागरिकहरू सम्मानि

समाचार

इलामको फिक्कलस्थित महिला विकास मञ्चको हलमा सुर्योदय सामाजिक प्रतिष्ठानको आयोजनामा टोपी दिवसको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका ज्येष्ठ नागरिक तथा समाजसेवी व्यक्तित्वहरूलाई ढाका टोपी लगाएर सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरूमा नन्दलाल आचार्य, महानन्द कट्टेल, जितबहादुर बराइली, प्रेमबहादुर लाप्चा, सनकुमार पराजुली, टीका ओडारी र गोपाल खेरल रहेका छन् । सम्मानित व्यक्तिहरूमध्ये महानन्द कट्टेलले १०० वर्ष उमेर पूरा गरिसक्नुभएको छ । उहाँलाई सम्मान गर्न पाउँदा आफूहरू निकै खुसी भएको सुर्योदय सामाजिक प्रतिष्ठानका संरक्षक केदारनाथ अर्यालले बताउनुभयो ।

कार्यक्रममा सुर्योदय सामाजिक प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद गौतमको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा पूर्व उपप्रमुख दुर्गादेवी भट्टराई रहनुभएको थियो । कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा उपस्थित महानुभावहरूले आ–आफ्ना सिर्जनाहरू प्रस्तुत गर्दै मनोरञ्जनात्मक ढंगले शुभकामना आदान–प्रदान गरेका थिए । संस्कृतिको संरक्षण तथा सामाजिक एकताको सन्देश बोकेको उक्त कार्यक्रम फिक्कलमा प्रत्येक वर्ष निरन्तर रूपमा आयोजना हुँदै आएको आयोजकले जनाएको छ

Share this: