इलामको सुर्योदय नगरपालिका ९ बरबोटेस्थित हेरोअल एकाडेमीमा एकदिने शिक्षक सीप अभिवृद्धि तालिम सम्पन्न भएको छ।
विद्यालयका प्रधानाध्यापक डिक्की गुरुङ तथा म्यानेजिङ डाइरेक्टर इन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न तालिममा २० भन्दा बढी शिक्षक तथा कर्मचारी सहभागी भएका थिए।
तालिममा फिक्कल नमुना माद्यामिक बिधालयका प्रधानाध्यापक राजेन श्रेष्ठले वर्तमान शिक्षा नीति, विद्यार्थीमैत्री शिक्षण पद्धति, मनोसामाजिक परामर्श तथा आन्तरिक मूल्यांकन सम्बन्धी प्रशिक्षण दिनुभएको थियो।
विद्यालयले गुणस्तरीय शिक्षा प्रवाह गर्ने उद्देश्यले यस्ता तालिम आयोजना गरिएको जनाएको छ। साथै विद्यालयले स्मार्ट बोर्डमार्फत शिक्षण, मन्टेस्वरी विधि र प्राविधिक शिक्षालाई समेत प्राथमिकता दिने तयारी समेत गरेको शिक्षक योगेश बस्नेतले जान्कारी दिनुभयो।
