राष्ट्रिय दलित पत्रकार संघ नेपालको अध्यक्षमा गोपाल बराइली निर्वाचित

समाचार

राष्ट्रिय दलित पत्रकार संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट गोपाल बराइली अध्यक्षमा निर्वाचित हुनुभएको छ । महाधिवेशनले बराइलीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण दर्नाल चयन हुनुभएको छ भने उपाध्यक्षहरूमा सावित्री रसाइली, मानसिंह बिक, सुशील दर्नाल, नरभूपाल बिक, विनोद परियार, भोला पासवान, टेकेन्द्र विश्वकर्मा, प्रेमबहादुर बिक, भिमबहादुर बिक तथा सरिता बराइली निर्वाचित हुनुभएको छ।

त्यसैगरी महासचिवमा करण ताम्राकार, सचिवहरूमा राजेश कुमार पासवान, बसन्त विश्वकर्मा, चिन्ता परियार तथा बसन्त बिश्वकर्मा निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा सञ्जय सौगात चयन हुनुभएको छ।

महाधिवेशनबाट सदस्यहरूमा हिरा परियार, कर्णबहादुर बिक, गणेश बिक, कुशल दलामी, अमिर रामदाम, मनिस बिक, अम्बिका परियार, अर्चना परियार, सुवास राम, मिना विश्वकर्मा, राजेश सुनाम, प्रकाश परियार, सञ्जु देवी परियार तथा पिवि दियाली निर्वाचित हुनुभएको छ।

नवनिर्वाचित अध्यक्ष गोपाल बराइलीसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई विभिन्न संघसंस्था, सञ्चारकर्मी तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

दलित पत्रकारहरूको हकहित, क्षमता अभिवृद्धि, पेशागत अधिकार तथा समावेशी सञ्चार क्षेत्र निर्माणमा नवगठित कार्यसमितिले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। महाधिवेशनले दलित समुदायका पत्रकारहरूको एकता, पेशागत विकास र सञ्चार क्षेत्रमा उनीहरूको सहभागिता थप सशक्त बनाउने विश्वास व्यक्त गरेको छ।

Share this: