सुदुङ खेल मैदानमा प्रथम महिला कप तथा पुरुष भेट्रान फुटबल प्रतियोगिता सम्पन्न

खेलकुद

सूर्योदय नगरपालिका–९ स्थित सुदुङ खेल मैदानमा प्रथम महिला कप तथा पुरुष भेट्रान फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

शनिबार सम्पन्न खेलमा भेनस एफसी सुन्दरपानी र ओयोशिस फुटबल क्लब इलामबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो, जहाँ भेनस एफसीले ४–२ गोल अन्तरले ओयोशिसलाई पराजित गर्दै उपाधि जित्न सफल भयो। भेनसका खेलाडीहरूले आक्रामक प्रदर्शन गर्दै चार गोल गरेका थिए भने ओयोशिसले दुई गोल फर्काएर खेललाई रोचक बनाएको थियो।

विजेता भेनस एफसीले नगद ५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ। उपविजेता ओयोशिस फुटबल क्लबले नगद २५ हजार रुपैयाँसहित ट्रफी र मेडल हात पारेको आयोजकले जनाएको छ।

 

कार्यक्रमका प्रमुख अतिथि सुर्योदय नगरपालिका वडा नम्बर २ का अध्यक्ष डिक बहादुर बम्जान रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता इडेन भ्याली युवा क्लबकी अध्यक्ष आरती लेप्चा ले गर्नुभएको थियो।

स्थानीय स्तरमा खेलकुदको विकास तथा युवाहरूलाई खेलप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।

Share this: