शनिबार अपरान्न करिब ४। २२ बजे इलाम जिल्लाको सूर्योदय नगरपालिका–९, ढोडे क्षेत्रमा सवारी दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
माइजोगमाईको नयाँबजारबाट फिक्कतर्फ आउँदै गरेको प्रदेश नं। १–००–००१ ज ४०१६ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा सूर्योदय नगरपालिका–८ बस्ने ३९ वर्षीया मिना क्षेत्री, ४५ वर्षीया पुनम भण्डारी, १९ वर्षीय अपसन क्षेत्री, ७३ गोपाल क्षेत्री, ५३ वर्षीय राजकुमार राई, ४५ वर्षीया कल्पना गिरी, ५९ वर्षीय प्रेम बहादुर गुरुङ र ६२ वर्षीय श्याम बहादुर राई घाइते भएका छन्।
सवारी चालक सूर्योदय नगरपालिका–८ का सुरेन बस्नेत रहेको जनाइएको छ। घाइते सबैलाई थप उपचारका लागि झापा रिफर गरिएको प्रहरीका खेमराज विष्टले जानकारी दिनुभयो। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
