ज्येष्ठ सदस्य केसीलाई आज शपथ, भोलि सांसदलाई शपथ ग्रहण

राजनीति

राष्ट्रपति रामचन्द्र पौडेल ले प्रतिनिधिसभा सदस्य चुनावबाट निर्वाचित संसद्का ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी लाई आज पद तथा गोपनीयताको शपथ गराउनुहुने भएको छ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान सवा ११ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ। गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित २६५ सांसदमध्ये केसी ज्येष्ठ सदस्य हुनुहुन्छ।

निर्वाचनमा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना निर्वाचित भएका छन्। अर्जुननरसिंह केसी नेपाली कांग्रेस बाट समानुपातिक प्रणालीमार्फत निर्वाचित हुनुभएको हो।

ज्येष्ठ सदस्य केसीले भोलि बिहीबार प्रतिनिधिसभामा निर्वाचित सबै सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ।

यस्तै, सांसदहरूले शपथ लिएको भोलिपल्ट अर्थात १३ गते शुक्रबार बालेन्द्र शाह ले प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम यसअघि नै तय भइसकेको छ।

source : ujaloonline

Share this: