नेशनल लघुवित्त वित्तीय संस्था शाखा कार्यलय पशुपतिनगर इलामको ,अध्यक्ष कार्यशाला गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सुर्योदय नगरपलिकाको फिक्कलमा सम्पन्न

अर्थ / वाणिज्य

नेपाल राष्ट्र बैंकबाट ‘‘ वर्गको इजाजत प्राप्त वितिय संस्था “नेशनल लघुवित्त वित्तीय संस्था शाखा कार्यलय पशुपतिनगर इलामले अध्यक्ष कार्यशाला गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम ” सुर्योदय नगरपलिकाको फिक्कलमा सम्पन्न गरेको छ । सुर्योदय नगरपलिका वडा नम्बर १२ का वडाध्यक्ष डोलेन्द्र भारद्वज प्रमुख अतिथ्यता औपरिका कार्यक्रमको उद्घाटन गरीएको थियो ।

शाखा कार्यलय पशुपतिनगरका शाखा प्रबन्धक मनोज प्रशाद अधिकारीले संस्थाका आफ्ना सदस्यहरुलाई वित्तिय कारेबारहरुमा दक्ष बनाउने उदेश्यले वार्षिक रुपमा कार्यशाला गोष्ठि तथा साक्षरता गर्ने गरेको बताउनुभयो । उहाँले समाजमा पछाडी परेका मानिसहरुलाई वित्तीय साक्षर बनाई नबुझेको कुरा बुझाउने र आर्थिक उन्नयनमा अग्रसर बनाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको जान्कारी दिनुभयो ।

संस्थाका अनुगमन प्रमुख पृथक सिहं खत्रीले संस्थाको संरचना बारे स्पष्ट पार्दै इलाममा, इलाम नगर र पशुपतिनगर कार्यक्षेत्र रहेको बताउनुभयो । उहाँले संस्थाको केन्द्रीय कार्यलय बनेपामा रहेको जान्कारी दिनुभयो । सरकारको निति अनुशार हाल चार वटा संस्थाहरु मिलेर नेशनल लघुवित्त बनेको बताउनुभयो । हाल नेपालमा यो संस्था टप ५ भित्र पर्न सफल भएको छ । १५ अनुगमन कार्यलय , १८४ शाखा कार्यलय र २ लाख ४० हजार बढी सदस्य रहेका रहेका छन ।

उहाँले संस्थाले ६ अर्ब बचत निक्षेप संकलन, २३ अर्ब ॠण लागानी गरेको बताउनुभयो । संस्थामा कर्जा बिमा , कालगति तथा विपत जन्य घटना भइ सदस्यको मृत्युु भएमा १ सय देखि २ सय प्रतिशत सम्म ऋण मिनाहको सुविधा लगात विभिन्न कार्यक्रमहरु रहेको जान्कारी दिनुभयो । उहाँले लघुवित्तको ॠण ८० प्रतिशत धितो लगानीमा रहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर १२ का वडा अध्यक्ष डोरेन्द्र भारद्वज , वडा नम्बर ६ का अध्यक्ष शिवकुमार बस्नेत, जिल्ला खेलकुद विकास अध्यक्ष खगेन्द्र बाँस्तोला ,प्रहरी चौकी फिक्कलका प्रमुख विष्णु सापकोटाले शुभकामना मन्तव्य राख्दै लघुवित्त प्रतिको मानिसहरुको भावनामा भैरहेको नकारात्मक परिर्वनलाई यस्तै कार्यक्रमहरुले नै चिरेर लैजाने बताउनुभयो । उहाँहरुले ॠणिले नतिर्ने भन्न नहुने र संस्थाहरुले पनि म्याद भाका भन्दा पनि पस्थिति अनुशार सरल अवसर दिँदै उठाउन पर्ने सुझाव दिनुभयो । संस्थाकी सदस्य ममता राईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शाखाका  लेखापाल कर्मचारी संजिव कुमार राईले गर्नुभएको थियो ।

साक्षतकारमा कोलबुङ शाखा प्रबन्धक टेक नाथ अधिकारी त्यसै गरि गोर्खे ,समाल्बुङ ,अन्तु , लक्ष्मिपुर , आइतबारे , गोदक लगायतका स्थाबाट ६० जना बढी सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका शाखा प्रमुख अधिकारी, अनुगमन प्रमुख खत्रीले अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गर्नुभएको थियो ।

Share this: