सुनको भाउ अहिलेसम्मकै उच्च

अर्थ / वाणिज्य

 सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुनको भाउ आज एकैदिन एक हजार दुई सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँ कारोबार भएको थियो । यसअघि वैशाख ४ गते सुनको भाउ तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीकाे भाउमा भने आज पनि घटबढ भएको छैन । आज चाँदीको भाउ हिजोजस्तै ताेलाकाे एक हजार नौ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Share this: