“कवि” कविता राईृ गाउँलेको कविता कृति “फाटकमा घाम” को शनिबार फिक्कल इलाममा लोकार्पण गरिएको छ । सुर्योदय गजल मञ्च सुगमको आयाजना तथा पाभिभारा मिडिया प्रा। लीको सहआयोजनामा लोकार्पणको आयोजना गरिएको थियो ।
भारतका कवि मनप्रसाद सुब्बाको प्रमुख आतिथ्यता साथै सुर्योदय गजल मञ्चका अध्यक्ष योगनिधि भट्राईको अध्यक्षतामा सुर्योदय नगरपलिकाको सभा हलमा एक समारोहका विच “फाटकमा घाम” को लोकापर्ण गरिएको हो । कृति लोकार्पण समारोहमा नेपालका बहुभाषिक कवि प्राज्ञ राजन मुकारुङ, प्राज्ञ मुन्ना राज शेर्मा ,सुर्योदय नगरपलिका सामाजिक संयोजक तथा वडा नम्बर २ का वडा अध्यक्ष डिक बहादुर बम्जन कवि देवान किराँति , कवि प्रकाश थाम्सुहाङ्ग दोस्रो पोयट आइडियल नेपालका सिम्योन सुकिता राई लगायत विभिन्न पदक विजेता भारत तथा नेपालका प्रतिष्ठित कविहरुको उपस्थिति रहेको थियो ।
लामो समय देखि कविता लेखिरहनु भएकी कवि कविता राईले यो पहिलो कृति बजारमा लिएर आउनुभएको हो । उपस्थित कविहरुले कृतिको कवितालाई वाचन समेत गर्नुभएको थियो । कृति माथी कवि हाङयुग अज्ञात र भारतका पत्रकार तथा कवि प्रविन खालिङले विमर्श गर्नुभएको थियो । लामो समय पछिको साधना संघर्ष र अनुभुतिले खारिएर आएको कृतिमा कविका विम्बहरु कवितामा भेटिएको बताउनुभयो ।
फाटकमा घाममा जम्म ४९ वटा कविताहरु रहेका छन भने यस्को बजार मुल्य २९९ रुपैयाँ मात्र तोकिएको छ । कृतिलाई रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो । सुर्योदय गजल मञ्चले स्थापनकालको छोटोसमयमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । लोकापर्ण कार्यक्रमको संचालन कवि दिपेन्द्र आचर्यले गर्नुभएको थियो ।