सूर्योदय सामाजिक प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

साहित्य

बिक्रम सुन्दास :-फिक्कल ,इलाम                                

सूर्योदय सामाजिक प्रतिष्ठान फिक्कलको १२ औँ साधारण सभाले नयाँ कार्यसमिति चयन भएको छ। नवगठित समितिको अध्यक्षमा कृष्णप्रसाद सुवेदी चयन हुनुभएको छ।

त्यस्तै, उपाध्यक्षमा अर्जुन वेदना राई, सचिवमा दिपेन्द्र आचार्य, सहसचिवमा युवराज ढुङ्गाना तथा कोषाध्यक्षमा सावित्रा पोखरेल चयन हुनुभएको छ। समितिका सदस्यहरूमा बालकुमार फागो, रणवीर राई, मिरा ढुङ्गाना र कमल सुच्चा राई चयन हुनुभएको छ।

नवनिर्वाचित समितिले संस्थाको उद्देश्यअनुसार सामाजिक, शैक्षिक तथा समुदायमुखी गतिविधिहरूलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, संस्थाको विकास र सामाजिक सेवा, साहित्यिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

Share this: