इलाम नगरपालिकाको नगरसभा १८ औँ अधिवेशनको अवसरमा पत्रकार सविता पाण्डे सम्मानित हुनु भएको छ ।
नेपाली काङ्ग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बे , इलाम नगरपालिकाका प्रमुख केदार थापा लगायतले नगद २१ हजारसहित सम्मान पत्र र दोसल्लासहित पाण्डेलाई सम्मान गर्नुएको हो ।
२०६४ सालदेखि इलामको पत्रकारिता क्षेत्रमा पाण्डेले योगदान गर्दै आउनुभएको छ । स्थानिय रेडियोमा बुल्नद आवज लिएर आउनु भएकी पाण्डेले इलामको नेपालवाणी एफएमबाट पत्रकारिता सुरु गर्नुभएको थियो । स्थानिय विभिन्न मिडीयामा काम गर्दै २०७२ सालदेखि उहाँ रेडियो नेपालको इलाम संवाददाताको रुपमा कार्यरत हुनुहुन्छ ।
दुई दशकको अवधिमा उहाँले इलामका विभिन्न मन्चमा आवजको तरंगले छुट्टै पहिचान स्थापित गर्नु भएको छ । पछिल्लो समय उहाँको पत्रकारीता युवा पुस्ताको प्रेरण नै बनेको छ । पत्रकारिता क्षेत्रको माध्यबाट वातावरण प्रवर्धन, महिला सचेतना अभिवृद्धि, समाजको आर्थिक, सामाजिक रुपान्तरणको लागि पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरी सम्मान गरिएको इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले बताउनुभयो ।
कार्यक्रममा विभिन्न विधामा योगदान पुर्याउने ७ जना व्यक्ति तथा २ वटा संस्थालाई नगदसहित सम्मान गरिएको थियो ।
सो अवसरमा अनिवार्य अवकाश प्राप्त शिक्षक, उत्कृष्ट शिक्षक, उत्कृष्ट निजी तथा सामुदायिक विद्यालय , २०८१ र २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद सहित पुरस्कृत गरिएको छ ।
नगरसभाको अधिवेशन मंगलबार बिहानदेखि सुरु हुने जनाइएको छ ।
