बिक्रम सुन्दास :- फिक्कल ,इलाम
सुर्योदय नगरपालिकामा दलित तथा लक्षित महिलका लागि रोजगार सिर्जना गर्ने उदेश्यले सीप विकासका लागि सञ्चालन गरिएको ३० दिने निशुल्क आधारभूत सिलाई–कटाई तालिम शुक्रबार सम्पन्न भएको छ। रोजगारका लागि सीप भन्ने मूल नाराका साथ आयोजित तालिम दलित वर्ग उत्थान नगर समितिको आयोजनामा तथा सुर्योदय नगरपालिकाको आर्थिक सहयोगमा गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रणबहादुर राईले समूह बनाएर उद्यम गर्न सहभागीहरूलाई सुझाव दिनुभयो। उहाँले तालिमपछि मेसिनको आवश्यकता भएमा नगरपालिकाले समन्वय गरी आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा बोल्दै नगर उपप्रमुख दुर्गा कुमार बरालले दलित शब्द आफूलाई मन नपर्ने बताउँदै जातीय विभेदलाई समाप्त गर्न दलित समुदाय स्वयंले अग्रसर भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो । उहाँले जात भन्ने कुरा ऐतिहासिक रूपमा कामको आधारमा बनाइएकोले यसलाई आजको समाजले यस्लाई कु–प्रथाका रूपमा लिनुपर्ने र मान्छेको जात महिला पुरुष भन्नेमा लाग्नु पर्नेमा जोड दिनुभयो। उहाँले पशिक्षार्थी एडभान्स तालिम आवश्यक परेमा पनि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो।
कार्यपालिका सदस्य चन्द्रकला परियारले तीन तहका सरकारमार्फत महिलाहरूले धेरै सेवा सुविधा लिन सक्ने भएकाले चासेका साथ योजनाहरु बनाएर अगाडी बढ्न सुझाव दिनुभयो । सुर्योदयका नगपालिका लक्षित वर्ग समुहका महिला १४ जना र अन्य ८ जना गरि २२ जना सहभागीले तालिम लिएका छन । नगरका १४ वटा वडाबाट सहभागी गराउन समन्वय गरिए पनि सम्बन्धित वडाबाट लक्षित वर्गले चासो नदिएको प्रति समितिको गम्भिर ध्यानकर्षण भएको कार्यक्रमका अध्यक्ष कमल गदालले बताउनुभयो । उहाँले यस समितिले शुरुवाती समय देखि नै उपयोगि कार्यक्रम गरिरहेको बताउनुभयो ।
तालिम जेष्ठ १५ गतेदेखि असार १३ गतेसम्म सञ्चालन भएको थियो। समापन कार्यक्रममा वडा सदस्य गीता रसाइली ९वडा नं ४ सदस्य०, रूपा रसाइली ९वडा नं ६ सदस्य०, शर्मिला विश्वकर्मा , ९वडा नम्बर ६० महिला मञ्च उपाध्यक्ष सावित्रा पोख्रेल प्रशिक्षक संगिता पोर्तेल ,प्रशिक्षार्थी इन्दिरा सेन्चुरीले आफ्ना भनाईहरु राख्नुभएको थियो । कार्यक्रमको संचालन दुर्गा दासले गर्नुभएको थियो । कार्यक्रममा तालिममा सहभागीहरुले सिक्दा तयार पारेका सामाग्री प्रमुख अतिथि विशेष अतिथिलाई प्रदर्शन गरेका थिए । समापनको अवसरमा तालिममा सहभागीलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।