असोज शुक्ल द्वितीया, नवरात्रको दोस्रो दिन आज नौ दुर्गामध्येकी ब्रह्मचारिणी देवीको विशेष पूजा–आराधना गरिन्दै छ। हिजो घटस्थापनासहित शैलपुत्री देवीको आराधना गरिएको थियो।
आज भक्तजनले पूजा कोठा र शक्तिपीठहरूमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा गरेका छन्। नवरात्रका अवसरमा दुर्गा सप्तशती, देवीभागवत तथा देवी स्तोत्रको पाठ गर्ने चलन रहेको छ। धार्मिक विश्वासअनुसार यस आराधनाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मान्यता छ।
देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने क्रम हिजोदेखि नै सुरु भइसकेको छ।