इलाममा जिल्ला खेलकुद विकास समितिको नयाँ भवन उद्घाटन, खेलाडीका लागि नयाँ आशाको केन्द्र

इलाममा जिल्ला खेलकुद विकास समितिको नयाँ भवन आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको छ । नयाँ भवनसहित अब इलामका खेलाडीहरूका लागि आधुनिक तथा सुरक्षित अभ्यास स्थलको व्यवस्था भएको छ, जसले जिल्लाको खेलकुद क्षेत्रमा नयाँ अध्याय लेख्ने अपेक्षा गरिएको छ । वर्षौंदेखि जोखिमपूर्ण पुरानो भवनमै कार्य सञ्चालन गर्दै आएको समितिले संघीय सरकारको बजेटमा बनेको आधुनिक भवनमा प्रवेश […]

क्रमश....

गायक रगुन गुरुङको नयाँ गीत ‘डिम्पल गालैमा’ सार्वजनिक

इलाम सूर्योदय नगरपालिका–९ निवासी गायक रगुन  गुरुङले नयाँ गीत डिम्पल गालैमा सार्वजनिक गर्नुभएको छ । पछिल्लो समय निरन्तर रूपमा आफ्ना सिर्जनात्मक गीत–संगीत बजारमा ल्याउँदै आएका गुरुङको यो गीत पनि श्रोतामाझ लोकप्रिय हुने अपेक्षा गरिएको छ । गीतको शब्द संकलन संजय बरालले गरेका छन् भने संगीत शिखर सन्तोषले दिनुभएको छ । गीतको संगीत संयोजन बलराम समालले […]

क्रमश....

सूर्योदय नगरपालिकाराहत कोषमा ११ लाख ६५ हजार रुपैयाँभन्दा बढी रकम संकलन

सूर्योदय नगरपालिकामा असोज १८ र १९ गतेको अविरल वर्षाका कारण प्रभावित क्षेत्रका लागि हालसम्म विभिन्न स्रोतबाट जम्मा ११ लाख ६५ हजार रुपैयाँभन्दा बढी राहत रकम संकलन गरिएको छ। विपद् फोकल पर्सन सृजन गदालका अनुसार हालसम्म कुल रु। ११ लाख ६५ हजार ३२ रुपैयाँ ११ पैसा संकलन भएको छ। नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले कार्तिक १ […]

क्रमश....

टिकटकर तथा मोडल, मुकोश गुरुङ (फिक्कल वोई) द्वारा प्याङका पहिरोपीडितलाई राहत वितरण

फिक्कलका चर्चित टिकटकर तथा मोडल मुकोश गुरुङले माइजोग्माई गाउँपालिका–६, प्याङमा पहिरोपीडित दुई परिवारलाई राहत वितरण गरेका छन्। गत असोज १८ गतेको अविरल वर्षाका कारण पहिरोमा परि थेवे परिवार र सोङ्मी परिवारको घर बगाएपछि उक्त क्षेत्र शोकमा डुबेको थियो। सुर्योदय नगरपालिका–१० निवासी गुरुङले पीडित परिवारलाई ४० हजार रुपैयाँ मूल्य बराबरका लत्ता–कपडा, खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरू हस्तान्तरण […]

क्रमश....

इलामको चेतना नाट्य समुहलाई लाई एकैपटक पाँच राष्ट्रिय पुरस्कार प्राप्ति

इलामको चेतना नाट्य समूहले एकैपटक पाँच वटा राष्ट्रिय पुरस्कार हात पारेको छ। हरीकल्याणी रिमाल नाट्य संगवित प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय लघु चलचित्र महोत्सवमा चेतना समूहका कलाकार नितेस लोहारद्वारा निर्देशित चलचित्र ‘संगीनी’ले प्रथम स्थान हासिल गरेको हो। ‘संगीनी’ बाटै नितेस लोहारले उत्कृष्ट लेखक र सलिना अधिकारीले उत्कृष्ट महिला कलाकारको पुरस्कार जित्न सफल भएका छन्। सोही समूहको अर्को […]

क्रमश....

टी–२० विश्वकपका सबै टोलीको टुङ्गो, नेपाल तेस्रो पटक सहभागी हुँदै

अर्को वर्ष भारत र श्रीलङ्कामा हुने आईसीसी टी–२० विश्वकपका सबै टोली तय भएका छन्। ओमानमा जारी एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटमा यूएईले जापानलाई पराजित गरेसँगै समिकरण पूरा भएको हो। एशियाबाट नेपाल, ओमान र यूएई छनोट भएका छन्। आयोजक भारत र श्रीलङ्कासहित अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिजले स्वतः प्रवेश पाएका छन्। […]

क्रमश....

दिपावली नजिकिन्दो फिक्कल हटियामा आयातित फूलको माला मात्रै, स्थानीय फूल हराए

इलामको सूर्योदय नगरपालिकाको व्यापारिक केन्द्र फिक्कल बजारमा लाग्ने बिहिबारे हटिया यस क्षेत्रको ऐतिहासिक र प्रमुख किनमेल स्थल हो। चाड पर्व हुन या अन्य कुनै उत्सव वा कार्जेका बेला यहाँको हटिया बजारमा व्यापारी र उपभोक्ताको भीड लाग्ने गर्छ। तर यस वर्षको तिहार अन्तिमको हाटमा भने आयातित फूलका माला मात्रै देखिएका छन । सामान्यतया यस क्षेत्रमा फूल […]

क्रमश....

असोज १८ को प्राकृतिक विपत्ति पछि जनजिवन लयमा फर्कदै , यातायात अझै अवरुद्ध

असोज १८ गते रातिदेखिको अविरल वर्षापछि ठूलो क्षति बेहोरेको इलाम जिल्लालाई सरकारले आगामी तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। लगातारको वर्षा र पहिरोका कारण मेचि राजमार्गसहितका धेरै सडक अवरुद्ध भएका छन् भने जनजीवन सामान्य हुन अझै समय लाग्ने देखिएको छ। मेचि राजमार्गअन्तर्गत राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि सडक खुलाउने कार्य अहिले पनि जारी […]

क्रमश....

गजुरमुखीका बाढीपीडितलाई बेलायतस्थित शिक्षासेवी सुब्बाद्वारा १ लाख १० हजार रुपैयाँ राहत प्रदान

इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीधामका बाढीपीडित ११ घरपरिवारलाई बेलायत यूके बाट शिक्षासेवी तथा समाजसेवी तिलबिक्रम सुब्बा टी।बी। ले राहत रकम उपलब्ध गराएका छन् । गत शनिबार राति देउमाई खोलामा आएको बाढीले घर बगाउँदा विस्थापित भएका परिवारलाई सुब्बाले पठाएको १ लाख १० हजार रुपैयाँ राहत रकम सोमबार वितरण गरिएको छ । प्रत्येक परिवारलाई १० हजार रुपैयाँका दरले […]

क्रमश....

सूर्योदय नगरपालिकाद्वारा बजार अनुगमन, म्याद गुज्रिएका खाद्यवस्तु जफत

इलाम, सूर्योदय  चाडपर्वलाई लक्षित गर्दै सूर्योदय नगरपालिकाले शुक्रबार फिक्कल बजारमा व्यापक बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा ९ वटा किराना पसलमा म्याद गुज्रिएका ३१ हजार २ सय ५ रुपैयाँ बराबरका सामग्री फेला पारी जफत गरिएको छ । जफत गरिएका सामग्रीमध्ये भुजिया, डेरीमिल्क, चिप्स, जाम, मटरफ्राई, चुइगम, मसला, चोकोपोको, गुलाबजामुन लगायत २३ प्रकारका वस्तु रहेका […]

क्रमश....