रोङ गाउँपालिका–३ सिद्धदेवी मन्दिर क्षेत्रमा धार्मिक पर्यटनसँगै व्यवसाय फस्टाउँदै

डायमण्ड तिम्सिना  :- रोङ ,  इलाम  रोङ गाउँपालिका–३ स्थित सिद्धदेवी मन्दिर र पर्यटकीय स्थल हाँसपोखरी क्षेत्रमा धार्मिक पर्यटनको विस्तारसँगै स्थानीयको आर्थिक जीवनस्तरमा उल्लेखनीय परिवर्तन आएको छ। यस क्षेत्रमा हाल करीब ५० परिवारले पूजा सामग्रीका पसल सञ्चालन गरी जीविकोपार्जन गर्दै आएका छन् भने १० वटा होटल व्यवसाय समेत सञ्चालनमा रहेका छन्। मन्दिरमा दर्शन गर्न आउने भक्तजनले […]

क्रमश....

माङसेबुङमा निमित्त प्रअ नियुक्ति विवाद

इलामको माङसेबुङ गाउँपालिका–४ स्थित विद्या सिर्जनात्मक माध्यमिक विद्यालयमा सहायक प्रधानाध्यापक हुँदाहुँदै कनिष्ठ शिक्षकलाई निमित्त प्रअ बनाइएपछि विवाद चुलिएको छ। तत्कालीन प्रधानाध्यापक देवीरमण ढकालले अवकास अघि कनिष्ठ शिक्षक रामप्रसाद आचार्यलाई निमित्त प्रअको जिम्मेवारी दिएका थिए। सहायक प्रअ शक्तिकुमार साम्बासहित तीन वरिष्ठ शिक्षकले शिक्षा ऐन र नियमावली विपरीत नियुक्ति भएको भन्दै विद्यालय व्यवस्थापन समितिसमक्ष चार बुँदे ध्यानाकर्षणपत्र […]

क्रमश....

इलामको हरियाली र संगीतको संगम “मैले गाउने गीतहरुमा” सार्वजनिक

इलाम र कलाकारीता सधैं एकअर्काका पर्यायझैँ मानिन्छन्। यहाँका छहरा, खोल्सा–खोल्सी र हरियालीभित्र संगीतको धुन मिसिएको महसुस गर्न सकिन्छ। यही सांगीतिक भावना झल्काउने नयाँ गीत “मैले गाउने गीतहरुमा” शुक्रबार सार्वजनिक गरिएको छ। एचकेआर इन्टरटेन्मेन्टको व्यानरमा निर्मित सार्वजनिक गरिएको यस गीतमा चर्चित गायिका रचना रिमाल र गायक नन्दु गुरुङको सुमधुर स्वर समावेश छ। गीतको शब्द मौसम परिवर्तन […]

क्रमश....

धरानमा ‘विमल गुरुङ कृति पुरस्कार–२०८१’ पत्रकार बसन्त बस्नेतलाई प्रदान

कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०८१ सालको ‘विमल गुरुङ कृति पुरस्कार’ पत्रकार तथा लेखक बसन्त बस्नेतलाई प्रदान गरेको छ। बस्नेतको उपन्यास ‘सिमसारा’ले सो वर्षको उत्कृष्ट कृति घोषित हुँदै पुरस्कार प्राप्त गरेको हो। ३४औँ राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको ५४औँ जन्मजयन्तीका अवसरमा बुधबार धरानमा आयोजित विशेष कार्यक्रममा बस्नेतलाई पुरस्कार हस्तान्तरण गरिएको थियो। कार्यक्रममा इतिहासकार […]

क्रमश....

कर्सोङ पदमार्गमा पर्यटकीय चहलपहल बढाउँदै रोङ गाउँपालिका , श्रम अभियान अन्तरगत सरसफाई सम्पन्न

इलामको रोङ गाउँपालिकाले कर्सोङ पदमार्गमा सरसफाइ अभियान सञ्चालन गरेसँगै उक्त क्षेत्रको पर्यटकीय आकर्षण थपिएको छ। मंगलबार सञ्चालन गरिएको श्रम अभियान अन्तर्गत पदमार्गमा पर्ने प्रसिद्ध गोगुल पइन्टबाट निन्दा खोला सम्म सरसफाइ गरी आकर्षक दृश्यावलोकन स्थल थप व्यवस्थापन गरिएको पालिका अध्यक्ष मनिकुमार स्याङ्बो सु्वासले बताउनुभएको छ । हिउँद याममा इलामका अधिकांश डाँडाकाँडाबाट जस्तै कर्सोङ पदमार्गबाट पनि कञ्चनजङ्घा […]

क्रमश....

फिक्कल रेडक्रसद्वारा सर्योदय १३ का गर्भवती र सुत्केरी महिलालाई राहत वितरण

प्रविन बिसी :- लक्ष्मिपुर , इलाम नेपाल रेडक्रस सोसाइटी फिक्कल उपशाखाले संयुक्त राष्ट्रसंघ ( UNFPA )  बाट प्राप्त राहत सामग्री सुर्योदय नगरपालिकाको समन्वयमा गर्भवती र सुत्केरी महिलालाई वितरण गर्ने अभियान सुरु गरेको छ। सो अभियानअन्तर्गत सोमबार सुर्योदय नगरपालिका वडा नं। १३ मा आयोजित कार्यक्रममा १५ जना महिलालाई ‘विन्टर किट्स’ र ‘डिग्निटी किट्स’ वितरण गरिएको छ […]

क्रमश....

मोन्था चक्रवातको असर घट्दै, विपद् प्रभावित इलाममा पुनर्निर्माणप्रति सरकारी चासो कमजोर

बंगालको खाडीबाट उत्पन्न मोन्था नामक चक्रवातको प्रभावमा परेर भएको लगातार तीन दिनको वर्षा शनिबारबाट कम हुँदै गएको छ। वर्षा कम भएसँगै इलामसहित पूर्वी नेपालको मौसम सामान्य बन्दै गए पनि पहिल्यै वर्षातका कारण प्रभावित इलामका विभिन्न क्षेत्र अझै पनि जोखिममुक्त बनेका छैनन्। गत असोज १८ गतेको अविरल वर्षाले ठूला क्षति पुर्‍याएका स्थानमा यो पटकको वर्षाले थप […]

क्रमश....

युथ ग्रुपको देउसी–भैलोबाट प्राप्त रकम सामाजिक काममा लगाईने

सूर्योदय नगरपालिका–१३ मा रहेको युथ ग्रुपले तिहार अवसरमा आयोजना गरेको देउसी–भैलो कार्यक्रमबाट रु ७ हजार ३५५ संकलन गरेको छ । भुटानीचोक आसपासका घरमा गरिएको कार्यक्रमले स्थानीयको उत्साहपूर्ण सहभागिता पाएको थियो। संकलित रकम संस्थाको आर्थिक सुदृढीकरण र सामाजिक कार्यमा खर्च गरिने ग्रुपका उपाध्यक्ष युवराज भण्डारीले जानकारी दिनुभयो। कार्यक्रममा अध्यक्ष प्रवीण बिसी, कोषाध्यक्ष मनोज राई, सह–सचिव संगीत […]

क्रमश....

दुर्घटनामा घाइते सूर्योदय नगरपालिका १० निवासी रुप सुवी राईको मृत्यु

इलामको सुर्योदय नगरपालिका वडा नम्बर १० आहाले निवासी ३६ वर्षीया रुपा सुवी राईको दुर्घटमा परि ज्यान गएको छ । गत शनिबार दिउँसो करिब ४ बजे आहाले जाने माथिल्लो भित्रि सडकमा मे १ ज १७९० नम्बरको पिकअप र प्रदेश नम्बर १ ०० ह ८१९७ नम्बरको अटो एकआपसमा ठकर खाँदा उहाँ घाइते बन्नुभएको थियो । गम्भीर घाइते […]

क्रमश....

युथ ग्रुप सूर्योदय–१३ द्धारा उपचारर्थ रुङमिङ लिम्बूलाई ३१ हजार बढी सहयोग रकम हस्तान्तरण

‘युवाको एकता आजको आवश्यकता ’ भन्ने नाराका साथ स्थापित युथ ग्रुप सूर्योदय–१३ इलामले , चोक्टी गाउँ निवासी प्रेम लिम्बूकी एक वर्षिय छोरी रुङमिङको उपचारर्थ आर्थिक सहयोग गरेको छ । मुटु, पिसाव इन्फेक्सन र किड्नीसम्बन्धी समस्याबाट पीडित लिम्बूलाई स्क्रब टाइफस नामक किर्नाले टोकेपछि उपचारको क्रममा रहेका छन् । उपचारमा हालसम्म ४ लाख रुपैयाँ भन्दा बढी खर्च […]

क्रमश....