बाडीपहिरोपछि घोषित संकटग्रस्त इलाममा पुननिमार्णको काम नहुँदा इलामे जनतामा आक्रोस उत्पन्न शुरु

गत असोज १८ गते आएको भीषण बाढी–पहिरोले इलाम जिल्लामा पुर्‍याएको व्यापक क्षतिपछि पनि सरकारले पुनर्निर्माणको काम अघि नबढाएको भन्दै इलामबासी आन्दोलनमा उत्रिएका छन्। विपद्को पीडाबाट मुक्त हुन नपाउँदै सरकारी बेवास्ताका कारण जिल्लावासी आक्रोशित बनेका हुन्। बाढी–पहिरोले जिल्लाका मुख्य तथा वैकल्पिक राजमार्ग, पुलपुलेसा, खानेपानी आयोजना, कृषि, सिँचाइ, जलविद्युत् र सयौँ सर्वसाधारणका घरमा गम्भीर क्षति पुर्‍याउँदा करिब […]

क्रमश....

नेपाली कांग्रेस इलामद्धारा प्रतिनिधिसभा निर्वाचन २०८२ को उमेद्वर सिफारीस

नेपाली कांग्रेस इलामले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरूको नाम जिल्लाबाट टुंगो लगाएको छ । कांग्रेस इलामले जिल्लाका दुईवटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ ११ जना र समानुपातिकतर्फ छुट्टाछुट्टै नाम सिफारिस गरेको हो। इलाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ निस्कल राई, केशव थापा, टिकाराम सुब्बा लेप्चा, डम्बर खड्का, भूपेन्द्र […]

क्रमश....

इलाममा विद्यार्थी महोत्सव हुँदै, शैक्षिक सुधारमा नयाँ बहसको अपेक्षा

इलाम जिल्लाको शैक्षिक सुधारका लागि फरक निस्कर्ष निकाल्ने उद्देश्यसहित इलामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा विद्यार्थी महोत्सव आयोजना हुने भएको छ। क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आगामी माघ २३ गतेदेखि माघ २५ गतेसम्म महोत्सव सञ्चालन गरिने युनियनले जनाएको छ। युनियनका सभापति विशाल कार्कीका अनुसार महोत्सवमा जिल्लाका सबै उच्च माध्यमिक विद्यालयका विद्यार्थीलाई समेत सहभागी गराउने लक्ष्य लिइएको छ। […]

क्रमश....

सुर्योदय ८ छिपिटारमा ‘स्व मैया कार्की स्मृति गोल्ड कप’ भोली देखि सुरु हुँदै

सूर्योदय–८ छिपिटारमा पम्प सिटि युथ क्लबद्वारा आयोजित प्रथम आमन्त्रित स्वर्गीय मैया कार्की स्मृति गोल्ड कप फुटबल प्रतियोगिता मंसिर २७ गतेबाट पौष ५ गतेसम्म सञ्चालन हुने भएको छ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। लामो समयदेखि प्रयोगमा नआएको बसपार्कका लागि छुट्टाइएको जग्गालाई स्थानीय युवाले खेल विकासका लागि उपयोग गर्दै फुटबल मैदान निर्माण गरेका छन्। […]

क्रमश....

नवजात शिशुको उपचारका लागि युथ ग्रुपद्वारा ५१ हजार ९५० रुपैयाँ सहयोग

इलाम सूर्योदय नगरपालिका१३ का तिलक राई र विनिता राईका नवजात शिशुको उपचार खर्च जुटाउन गरेको अपिलपछि युथ ग्रुपले ५१ हजार ९५० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ। आर्थिक रूपले कमजोर परिवारले गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै समूहले विभिन्न स्रोतबाट संकलन गरिएको रकम औपचारिक रूपमा हस्तान्तरण गरेको हो। उपचार खर्च अभाव भएपछि परिवारजनले युथ ग्रुपसँग सहयोगको […]

क्रमश....

सिद्ध आधारभूत विद्यालयमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न

इलामको सूर्योदय नगरपालिका ८ स्थित श्री सिद्ध आधारभूत विद्यालयमा मङ्सिर १३ गते शनिबार बृहत् सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। विद्यालयको भौतिक तथा शैक्षिक सुधारका उद्देश्यले आयोजना गरिएको सो सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरूको कला–प्रतिभा प्रदर्शनसँगै अभिभावक तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रह्यो। कार्यक्रमका प्रमुख अतिथि सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राई रहनुभएको थियो । कार्यक्रममा वडा नम्बर […]

क्रमश....

इलामको फिक्कल बजारमा “हुनेले दिने, नहुनेले लिने” अवधारणासहित कपडा बैंक सञ्चालन

इलामको सूर्योदय नगरपालिका–१० फिक्कल बजारमा आइतबार ‘हुनेले दिने, नहुनेले लिने’ नाराका साथ कपडा बैंक स्थापना गरी औपचारिक रूपमा उद्घाटन गरिएको छ। सिनियर टिम फिक्कलको पहलमा स्थापित कपडा बैंकको उद्घाटन सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गाकुमार बरालले गर्नुभयो। जाडोयाममा लुगाको अभाव झेलिरहेका विपन्न नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले सुरु गरिएको कपडा बैंकमा घर–परिवारमा प्रयोगमा नरहेका कपडाहरू डोनेसन गर्न नगरवासीलाई […]

क्रमश....

रोङ गाउँपालिकाद्धारा अभिभावकविहीन ३८ विद्यार्थीको जिम्मा लिईयो

इलामको रोङ गाउँपालिकाले अभिभावकविहीन ३८ जना विद्यार्थीको पूर्ण अभिभावकत्व लिएको छ। यीमध्ये आमा–बुबा नभएका २१ जना र अभिभावकको साथ नभएका १७ जना विद्यार्थी समेटिएका छन्। गाउँपालिकाले प्रत्येक विद्यार्थीका लागि ५ लाख रुपैयाँको जीवन बिमा र आमा–बुबा नभएका २१ जनाका लागि १ लाखको स्वास्थ्य बिमा गर्ने निर्णय गरेको छ। अभिभावकविहीन १७ जनाको उपचार भने गाउँपालिकाकै जिम्मामा […]

क्रमश....

इलामको सुर्योदयमा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान औपचारिक रूपमा सुरु

सुर्योदय नगरपालिका–२, पशुपतिनगरबाट मंगलबार “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारासहित १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान औपचारिक रूपमा सुरु गरिएको छ। कार्यक्रमको अध्यक्षता सुर्योदय नगरपालिका महिला बालबालिका शाखाकी प्रमुख तारा शेर्पाले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा वडा नं। २ का अध्यक्ष डिक बहादुर बम्जन उपस्थित हुनुभएको थियो। उद्घाटन कार्यक्रममा […]

क्रमश....

प्रदेश सांसदहरूको टोलीद्धारा करसोङ पदमार्ग अध्ययन अवलोकन भ्रमण सम्पन्न

लाप्चा जातिको ऐतिहासिक पृष्ठभूमि बोकेको इलामका अधिकांश पूर्वी क्षेत्रहरूमा लाप्चा भाषाको प्रभाव अझै बलियो रूपमा देखिन्छ। हालका प्रमुख पर्यटकिय स्थलहरू अन्तु, फिक्कल, कन्याम लगायतका स्थानहरूको नाम पनि ऐतिहासिक कालमा लाप्चा भाषाबाटै राखिएको मानिन्छ। विभिन्न चरणका राजनीतिक परिवर्तनसँगै बनेका संरचना र स्थाननामहरू अहिले पनि लाप्चा संस्कृतिसँग गहिरो सम्बन्ध राख्छन्। यस्तै उदाहरणका रूपमा रोङ गाउँपालिकालाई लिन सकिन्छ, […]

क्रमश....