गणेश घिमिरेको अध्यक्षतामा नेपाल प्रेस युनियन इलामको नयाँ कार्यसमिति चयन

समाचार

नेपाल प्रेस युनियन इलामको दशौँ अधिवेशनले गणेश घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। अधिवेशनबाट घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष (खुल्ला) मा हरि प्रसाद अधिकारी र उपाध्यक्ष (महिला) मा बालकुमारी पौडेल (प्रतिभा) निर्वाचित भएका छन्। त्यस्तै सचिवमा मनिष बस्नेत, सह–सचिवमा कृष्ण पाठक र कोषाध्यक्षमा वेदमाया मुखिया (सोनु) चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा विकास न्यौपाने, शिव थापा, रोशन बुढाथोकी, दुर्गा ढुङ्गेल र सुनिता मगर निर्वाचित भएका छन्।

                                           

अधिवेशनका क्रममा पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका पत्रकारहरू लोकेन थेवे, सुदिप श्रेष्ठ र युवराज गौतमलाई सम्मानसमेत गरिएको छ। नवनिर्वाचित कार्यसमितिलाई विभिन्न संघ–संस्था तथा पत्रकारहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। नयाँ नेतृत्वले पत्रकारहरूको व्यावसायिक हकहित, प्रेस स्वतन्त्रता तथा पत्रकारिता क्षेत्रको विकासमा प्रभावकारी

Share this: