श्रम संस्कृति पार्टी सूर्योदय नगर कमिटीको अध्यक्षमा भूषण मुखिया चयन

समाचार

श्रम संस्कृति पार्टीको सूर्योदय नगरपालिका नगर अधिवेशन सम्पन्न गर्दै भूषण मुखियाको अध्यक्षतामा नयाँ नगर कार्यसमिति चयन गरिएको छ ।

सूर्योदय नगरपालिका–९ का अध्यक्ष धनराज राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीकी सचिव बबिता शेर्मा, केन्द्रीय सदस्य तथा प्रशिक्षक शान्ति पाख्रिङ, जिल्ला संयोजक प्रकाश राईलगायतको उपस्थिति रहेको थियो ।

नवगठित नगर कमिटीको उपाध्यक्षमा सोनाम यल्मो, कल्पना राई र मङ्गलकुमार राई चयन भएका छन् । सचिवमा जीवन चाम्लिङ, सहसचिवमा कुशल राई, कोषाध्यक्षमा रुबी राई तथा सहकोषाध्यक्षमा फुर्वा छिरिङ लाप्चा चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरूमा नेत्र बान्तवा राई, मुकुन्द राई, अशोक राई, सोमबहादुर राई, मिलन राई, बिनथ राई, रमेश राई, संजीव मगर, बुद्धवीर लाप्चा, शितल मुखिया सुनुवार, अनिल मुखिया, राज साङपाङ, दिपेन सुब्बा, दिपेश राई, राजु राई, राम राई, सुन्दर राई, संजीव गुरुङ, विक्रम राई, असिम राई, हिम्मत राई, झलनाथ अधिकारी, राम थामी, भोजराज राई, कमल राई र सुदीप प्रधान रहनुभएको छ ।

अधिवेशनले डुपछरिङ काजीको संयोजकत्वमा नगर सल्लाहकार समिति पनि गठन गरेको छ । समितिका सदस्यहरूमा ताराकुमार गुरुङ, पूर्णबहादुर लाप्चा, राजु राई र रोहित देवान रहनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष भूषण मुखियाले श्रम संस्कृति पार्टीले सबैलाई सम्मान गर्दै देश विकासको अभियान अघि बढाउने नीति लिएको उल्लेख गर्दै सूर्योदय नगर कमिटी पनि जनताको पक्षमा सक्रिय रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Share this: