इलाममा ‘आशिस स्मृति पत्रकारीता पुरस्कार २०८३’ द्धारा सुदिप श्रेष्ठ र क्रियाशील महिला पुरस्कारद्धारा बुद्यमाया सोङ्मी पुरस्कृत

सबै

इलाममा सञ्चालित “आशिस स्मृति पत्रकारीता पुरस्कार २०८३” यस वर्ष पत्रकार सुदिप श्रेष्ठ लाई प्रदान गरिएको छ । त्यसैगरी, क्रियाशील महिला पुरस्कार बुद्यमाया सोङ्मीलाई प्रदान गरिएको छ।

नेपाल पत्रकार महासंघका अध्यक्ष भिम चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जिल्ला विकास समितिका प्रमुख जय प्रकाश राई रहनुभएको थियो । कार्यक्रममा केदार थापा, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, जिल्ला सुरक्षा निकायका प्रमुखहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा सरोकारवालाको उपस्थिति रहेको थियो।

जिल्ला समन्वय समितिको हलमा आयोजित कार्यक्रमको सञ्चालन सचिव टिका खतिवडाले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष सुनिता राईले राख्नुभएको थियो।

आशिस स्मृति पुरस्कार दिवंगत आशिस राईको सम्झनामा एक उदयमान पत्रकारलाई प्रदान गरिँदै आएको छ । स्थानीय स्तरमा सक्रिय पत्रकारिता तथा समाजप्रतिको योगदानको कदर गर्दै प्रदान गरिने यो पुरस्कार प्रतिष्ठित मानिन्छ। त्यस्तै, महिला पुरस्कार पत्रकारिता क्षेत्रमा महिलाको निरन्तरता र सहभागिता बढाउने उद्देश्यले प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा बोल्ने वक्ताहरूले पत्रकारिता क्षेत्रको विकास, सत्यतथ्यमा आधारित समाचार प्रवाह तथा सामाजिक उत्तरदायित्वलाई सुदृढ बनाउने दिशामा यस्ता पुरस्कारले महत्वपूर्ण प्रेरणा दिने विश्वास व्यक्त गरे।

पुरस्कृत पत्रकार सुदिप श्रेष्ठले पुरस्कारलाई थप जिम्मेवारीका रूपमा लिँदै आफ्नो पेशागत दायित्व इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी, बुद्यमाया सोङ्मीले यस सम्मानले समाजमा महिलाको सक्रिय भूमिका र योगदानलाई उजागर गर्न मद्दत पुग्ने बताउनुभयो।

कार्यक्रममा पत्रकार जन्य विभिन्न संघका प्रतिनिधि तथा पत्रकार महासंघ इलाम शाखा पूर्व अध्यक्ष कोकिला ढकाल, पुवै प्रदेश उपाध्यक्ष सोम सुशेली, पुर्व केन्द्रिय सदस्य सटेन्द्र जवेगु लगायतले दिवंगत आशिस राईको योगदानको चर्चा गर्दै उहाँको स्मरण गर्नुभयो।

यसअघि यो पुरस्कारबाट बेनुपराज भट्टराई, राजु शिवा, भीम चापागाईं, तोयानाथ भट्टराई, राजकुमार दाहाल, युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, सीता निरौला , नमीन ढकाल, गणेश घिमिरे, सुमन लावती, भगीरथ भण्डारी, टीका खतिवडा, विक्रम सुन्दास , किरण पौडेल , पुरस्कृत भइसक्नुभएको छ ।

Share this: