फिक्कल :-
सूर्योदय नगरपालिका ११ को पुन्य स्मारिका आधारभुत विद्यालयले ३७ औं वार्षिक उत्सव सम्पन्न गरेको छ । विद्यालयले खेलकुद , सांस्कृति कार्यक्रम तथा सम्मान कार्यक्रम सहित ३७ औं वार्षिक उत्सव मनाएको हो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष महेश राईको अध्यक्षता तथा सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वर्ष उत्कृष्ठ शिक्षकको रुपमा सुजन खत्रीलाई सम्मान गरेको छ । त्यस्तै विद्यालय ब्यवस्थापन समिति सदस्य चन्द्रमान राई, शिक्षक अविभावक संघका सदस्य रोशन रेग्मी र अविभावक बविता लिम्बुलाई उत्कृष्ठ कार्य गरे बापत सम्मान गरीएको थियो । यस्तै उत्कृष्ठ र अनुशासित विद्यार्थीलाई समेत सम्मान गरीएको छ । विद्यालयको वार्षिक उत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेता उप विजेता विद्यार्थीलाई समेत पुरस्किृत गरीएको थियो।
विद्यालयका प्रधानाध्यापक डिल्लीरमण पौडेलले २०७२ साल देखि विद्यालयले बाल बचत शुरु गरेको जानकारी दिनु भयो । यो उत्कृष्ठ र प्रभावकारी रहेको छ भने अहिले विध्यालयले अभिभावको सहभागितामा दिवा खाजा समेत खुवाउने व्यवस्था मिलाएको छ । विध्यालयले प्रत्येक अभिभावको रुटिन बनाइ आउनु पर्ने दिन तोकिदिएको छ । सोही रुटिन अनुसार अभिभावक आएर खाजा बनाएर नानिहरुलाइ खुवाइ राखेको समेत उहाँले जानकारी दिनुभयो । उहाले आगामी शैक्षिक सत्र देखि कक्षा ९ को पढाई शुरु गरी विद्यालयलाई माध्यमिक स्तरमा संचालन गर्न पहल थालिएको बताउनुभयो ।
शाखा प्रमुख भट्टराईले उक्त विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्दै लगेको जानकारी दिनु भयो । उहाले विद्यालयले पढाईका अवला अन्य क्रियाकलाप समेत राम्रो गरेको जानकारी दिनु भयो । कक्षा ८ सम्म अग्रेजी माध्यममा पठनपाठन हुदै आएको विद्यालयमा पछिल्लो समय विद्यार्थी संख्या बढ्ने क्रम जारी छ ।