फिक्कल, इलाम
“कुन सहरमा घुम्दै होला मलाई छुने मन , मन त तिम्रो पत्थरको भित्ता ,दुखी छु साह्रै ,” जस्ता दर्जनौ काल झैँ गितका गायक लेखु विवस ( दास) लाई पितृ शोक परेको छ ।
सुर्योदय नगरपलिका वडा नम्बर १० फिक्कल निवासी विवसका बुवा ९२ वर्षिय भक्त बहादुर दासको हिजो निधन भएको हो । विवसका बवा विगत दुई महिना अघिदेखी विरामी पर्नुभएको थियो ।
विवस भने हाल धरानमा बसोबास गर्दै आउनुभएको छ । तिन भाई छोरा मध्ये हाल कान्छा छोरा विवस मात्र रहनुभएको छ भने एक छोरी रहनुभएको छ । आज देखी फिक्कल विजि निवासमा नै बसेर बुबाको पुण्य कर्म गरिने विवसले बताउनुभएको छ ।
उहाँ आफै पनि मुटुको रोगबाट ग्रसित रहेको उहाँले बताउनुभयो ।