सूर्योदय नगरपालिकाको सामाजिक समस्यामाथि मानव अधिकार एलायन्स सुर्योदय नगरसमितिको ध्यानाकर्षण

बिक्रम सुन्दास :- फिक्कल , इलाम मानव अधिकार एलायन्स सूर्योदय समितिले सूर्योदय नगरक्षेत्र भित्र विद्यमान विविध सामाजिक समस्याप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। समितिले सामाजिक न्याय, मानव अधिकार, बाल अधिकार, लैङ्गिक समानता, श्रमिक शोषण, बालश्रम, घरेलु हिंसा, शिक्षा तथा स्वास्थ्य सेवामा असमान पहुँच, वातावरणीय संकटलगायत विषयमा चासो व्यक्त गर्दै सम्बद्ध निकायहरूलाई समस्या समाधानका लागि आग्रह […]

क्रमश....

तीन दशकको साहित्यिक यात्रामा ,अन्तुका रमेश किरण पौडेलका चार कृति प्रकाशित

विवेक शर्मा लामिछाने:- अन्तु ,इलाम इलाम साहित्यिक क्षेत्रका एक चर्चित नाम हो रमेश किरण पौडेल। साहित्यको विविध विधामा कलम चलाउँदै आएका पौडेल विगत तीन दशकदेखि निरन्तर सिर्जनशील यात्रामा रहनुभएको छ । २०३४ सालको जेष्ठ १२ गते इलाममा जन्मिएका पौडेलका पिता गंगा प्रसाद पौडेल र माता छायाँदेवी पौडेल हुनुहुन्छ। उहाँको प्रारम्भिक साहित्यिक यात्रा रेडियो नेपालसँग पनि […]

क्रमश....

भोजपुरको रामप्रसादमा घरेलु विवादले चारको ज्यान लियो

भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोर्लेखानीमा एक पुरुषले श्रीमतीसहित चारजनाको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार भोजपुर नगरपालिका–२ का राजेन्द्र राईले आफ्नी श्रीमती, सासू, ससुरा र सालोको हत्या गरेका हुन्। प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार मृतकमध्ये ससुरा वेलबहादुर गिरी, सासू मञ्जु गिरी, श्रीमती मनिषा र सालो सपन गिरी रहेका छन्। राईले प्रारम्भिक बयानमा घरायसी विवादका […]

क्रमश....

मेचि राजमार्गमा फस्टाउँदै तरकारी र कोसेली व्यवसाय

डायमण्ड तिम्सिना:- रोङ ,इलाम मेचि राजमार्गका प्रमुख घुम्तीहरू कोल्बुङ ,कुटिडाँडा , हर्कटे , तिनघरे , गोदक, नेपालटार हुँदै राँके सम्मको क्षेत्र—तरकारी तथा कोसेली व्यवसायका लागि उदाहरणीय गन्तव्य बन्दै गएका छन् । सडकछेउमा दैनिक रूपमा आफ्नै बारीमा उत्पादन भएका वा स्थानीय किसानबाट संकलन गरिएका ताजा तरकारी र फलफूल बेच्ने महिला–पुरुषको संख्या बढ्दै गएको छ। स्थानीय उत्पादनमा […]

क्रमश....

कोशी प्रदेशमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

कोशी प्रदेशमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ। बिराटनगर–९ निवासी ७५ वर्षीया कान्तादेवी पोद्धारको आज बिहान उपचारको क्रममा निधन भएको हो। प्राप्त जानकारी अनुसार, हिजो साँझ ५ बजे श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई तत्काल न्युरो अस्पताल, बिराटनगरमा लगिएको थियो। प्रारम्भिक परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि अवस्था गम्भीर हुँदै गएपछि उनलाई थप उपचारका लागि बिराट टिचिङ […]

क्रमश....

सिदिङबामा पहिरोले घर पुरिँदा पाँच जना घाइते, एकको अवस्था गम्भीर

ताप्लेजुङको सिदिङबा गाउँपालिका–५, आङखोपमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ। स्थानीय हस्त बहादुर कटुवालको घरमा गएको पहिरोले उनकी ५० वर्षीया श्रीमती ठगमाया कटुवाललाई गम्भीर घाइते बनाएको हो। अन्य चार जना—हस्त बहादुर कटुवाल स्वयं, उनका छोरा जगत कटुवाल, बुहारी सरस्वती कटुवाल र छोरी सम्झना कटुवाल सामान्य […]

क्रमश....

छन्द कवि नुरज भट्टराई नदीको पहिलो कविता संग्रह ‘शब्दखेती’ फिक्कलमा लोकार्पण

बिक्रम सुन्दास :- फिक्कल ,इलाम इलाम सुर्योदय नगरपलिका वडा नम्बर ९ निवासी छन्द कवि नुरज भट्टराई नदी द्वारा लिखित पहिलो कविता संग्रह ‘शब्दखेती’ को लोकार्पण कार्यक्रम आइतबार फिक्कलमा सम्पन्न भएको छ। सुर्योदय सामाजिक प्रतिष्ठानको आयोजनामा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद गौतमले अध्यक्षता गर्नुभएको थियो। मोती छन्द कला साहित्य झापाका संयोजक तथा छन्द कवि हरिप्रसाद रिमाल […]

क्रमश....

इलामको रोङ गाउँपालिकामा पर्यटकिय स्थलहरूको प्राकृतिक सजावट थालनी

गोविन्द पौडेल :- रोङ , इलाम  पर्यटनको उच्च सम्भावना रहेको रोङ गाउँपालिकाका पर्यटकिय स्थलहरूमा प्राकृतिक सजावटको थालनी गरिएको छ। वसन्त ऋतुमा फूल्ने एन्जेलिया जातका फूल रोपण र हुर्कँदै गरेका लालिगुराँसका बिरुवाहरूको गोडमेल गर्दै स्थायी सजावटको अभियान अघि बढाइएको हो। गाउँपालिकाको कृषि शाखाको समन्वयमा हाँसपोखरी, कुटिडाँडा, रमितेडाँडा, झण्डीडाँडा, मुख्य कार्यालय जाने सडक, किरात पार्क, हर्कटे लगायतका […]

क्रमश....

सुर्योदयमा लक्षित वर्गका महिलालाई ३० दिने निशुल्क सिलाई कटाई तालिम सम्पन्न

बिक्रम सुन्दास :- फिक्कल ,इलाम सुर्योदय नगरपालिकामा दलित तथा लक्षित महिलका लागि रोजगार सिर्जना गर्ने उदेश्यले सीप विकासका लागि सञ्चालन गरिएको ३० दिने निशुल्क आधारभूत सिलाई–कटाई तालिम शुक्रबार सम्पन्न भएको छ। रोजगारका लागि सीप भन्ने मूल नाराका साथ आयोजित तालिम दलित वर्ग उत्थान नगर समितिको आयोजनामा तथा सुर्योदय नगरपालिकाको आर्थिक सहयोगमा गरिएको हो। कार्यक्रमका प्रमुख […]

क्रमश....

वैदेशिक रोजगारीबाट फर्किएकाहरूको पुनः एकीकरणका लागि सुर्योदयमा उद्यमी र बैंक तथा वित्तिय संस्थाहरु संग छलफल सम्पन्न

बिक्रम सुन्दास :- फिक्कल, इलाम वैदेशिक रोजगारीबाट फर्किएकाहरूको पुनः एकीकरण तथा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले रेमी कार्यक्रमअन्तर्गत उद्यमी र बैंक तथा वित्तीय संस्था बीच सुर्योदय नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नगर उपप्रमुख दुर्गा कुमार बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राई, वडा नं। २ का अध्यक्ष तथा सामाजिक विकास […]

क्रमश....