बिक्रम सुन्दास :- फिक्कल, इलाम
इलामको सूर्योदय नगरपालिका–७ स्थित भाग्योदय आधारभूत विद्यालयमा बाल उद्यान उद्घाटन गरिएको छ। विद्यालय व्यवस्थापन समितिको सक्रियतामा विभिन्न दाताबाट सहयोग जुटाई विद्यार्थीहरूको अध्ययनसँगै मनोरञ्जन तथा सर्वाङ्गीण विकासमा टेवा पुर्याउने उद्देश्यले बाल उद्यान निर्माण गरिएको हो।
सोम्बार आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व चयनसँगै पूर्व अध्यक्ष अमृत कटवाल नेतृत्वको समितिले निर्माण सम्पन्न बाल उद्यानको साँचो विद्यालय परिवारलाई हस्तान्तरण गरेको छ।
विद्यालयका शिक्षक अर्जुन बेदना राईका अनुसार सोही अवसरमा सरिता खड्काको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रूपमा गठन गरिएको छ।
बाल उद्यान निर्माणका लागि विभिन्न स्रोतबाट जम्मा २ लाख ७२ हजार ७७५ रुपैयाँ संकलन गरिएको थियो। निर्माण कार्यमा २ लाख १७ हजार ७६० रुपैयाँ खर्च भएको र बाँकी ५५ हजार १५ रुपैँया रकम विद्यालयको कोषमा जम्मा रहेको शिक्षक तेजराज आचार्यले जानकारी दिनुभयो।
विद्यालयको स्थापना वि।सं। २०४८ सालमा भएको सस्थापक अध्यक्ष डम्बर बहादुर कटवालले जान्कारी दिनुभयो। घले परिवारले विध्यालयको लागि जग्गा उपलब्द गराएर त्यो समय विध्यालय स्थापना गरिएको उहाँले बताउनुभयो । विद्यालय परिवारले बाल उद्यानले विद्यार्थीहरूको सिकाइलाई थप प्रभावकारी बनाउनुका साथै उनीहरूको शारीरिक, मानसिक तथा सिर्जनात्मक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
हाल विध्यालयमा जम्मा २१ जना विध्यार्थीले अध्यापन गर्दै आएका छन । विध्यालयको सामान्य मर्मत संभारका लागि नगरपालिकामा पटक पटक ताकेता गर्दा पनि नगरपालिकाले अन्देखा गरि वेवस्था गरिएको विध्यालय परिवार र स्थानियको जनगुनासो रहेको कट्टेलले बताउनुभयो ।
हाल विध्यालयमा पिउने पानी, कर्मचारीको दरबन्दी, गत असोजको विपतले पुर्याएको भवन क्षति, पुराना जस्ता पाताका कारण छानामा समस्या रहेको उहाँले बताउनुभयो । यस विध्यालयमा दुइ वटा अक्षय कोश दाताले खडा गरिदिएका छन । अन्य व्यावस्थापनमा स्थानियको सक्रियता भए पनि मर्मत संभारमा भने नगरपालिकाले सहयोग गरिदिए हुने भन्ने नै रहेको स्थानियको भनाइ रहेको छ ।
