राष्ट्रिय दलित पत्रकार संघ कोशी प्रदेशको नयाँ समिति गठन

समाचार

राष्ट्रिय दलित पत्रकार संघ कोशी प्रदेशको प्रथम अधिवेशनले किशोर विश्वकर्माको नेतृत्वमा नयाँ समिति गठन गरेको छ । धनकुटाको छथरजोरपाटीमा सम्पन्न भएको अधिवेशनले मोरङका पत्रकार विश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय प्रदेश समिति गठन गरेको हो । उपाध्यक्षमा अनिता रसाइली र मेनुका विश्वकर्मा, सचिवमा राकेश नेपाली, सहसचिवमा मिन्टु दास र कोषाध्यक्षमा लीला घिमिरे चयन भएका छन् । सदस्यहरुमा खेममाया शिवा, चिरञ्जीवी शंकर, नरेश खाती, भुपाल सुर्खेती, आयुष्मा शंकर, खिरालाल विश्वकर्मा, राजन ठटाल, सुनिता रसाइलीलगायत छन् । त्यसैगरी अधिवेशनले निवर्तमान कोशी प्रदेश अध्यक्ष नैन विश्वकर्माको संयोजकत्वमा रणध्वज लुहार र पदम सरदार समेतको ३ सदस्य सल्लाहकार समितिसमेत गठन गरेको छ । अधिवेशनको उद्घाटन पूर्वमन्त्री राजेन्द्रकुमार राईले गरेका थिए । उक्त अवसरमा छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा, नेपाल पत्रकार महासंघका केशी प्रदेश अध्यक्ष भरत खड्का, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष विनोद पहाडी, वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, कोषाध्यक्ष भीम घिमिरे, महासचिव हिमा चेम्जोङलगायतले सबैखाले विभेद अन्य गर्न एकजुट हुनुपर्नेमा जोड दिए ।

खबर स्रोत  ; ekantipur

Share this: