विश्वकप फुटबल ऋनतरगत आजको खेलमा ब्राजिल र मोरोक्को तथा स्विट्जरल्यान्ड र कतारबीचको खेल बराबरी

खेलकुद

फिफा विश्वकप फुटबलमा ब्राजिल र मोरक्कोबीचको खेल बराबरी भएको छ । न्यूयोर्कको मेटलाइफ रङ्गशालामा आज बिहान ब्राजिल र मोरोक्कोले १-१ गोलको बराबरी खेलेका हुन् । 

खेलको २१औँ मिनेटमा इब्राहिम डियाजको पासलाई सदुपयोग गर्दै इस्माइल साइबारीले गोल गरेपछि मोरक्कोले अग्रता बनाएको थियो । ब्राजिलले खेलको ३२औँ मिनेटमा खेलमा पुनरागमन गर्‍यो । ब्रुनो गुइमारेसको उत्कृष्ट पासमा भिनिसियस जुनियरले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

पहिलो हाफमै बराबरी भएको खेलमा दोस्रो हाफमा दुवै टोलीले जित निकाल्ने प्रयास गरे पनि थप गोल निस्कन सकेनन् । 

यसअघि आज बिहान भएको अर्को खेलमा स्विट्जरल्यान्ड र कतारले बराबरी खेल्दै अङ्क बाँडेका छन् । सान फ्रान्सिस्को रङ्गशालामा सम्पन्न खेलमा स्विट्जरल्यान्ड र कतारले १–१ गोलको बराबरी खेलेका हुन् ।  

खेलको १७औँ मिनेटमा ब्रेल एम्बोलोले पेनाल्टीमार्फत गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । तर खेलको इन्जुरी समयको चौथो मिनेटमा बोउलेम खोउखीले गोल गर्दै खेल बराबरी बनाए । 

उनको गोलले कतारलाई हारबाट जोगाउनुका साथै विश्वकप इतिहासमा पहिलो अङ्क दिलायो । अर्को खेलमा अहिले बिहान पौने ७ बजे हाइटी र स्कटल्याण्डले खेल्दैछन् ।

source ujyalo.com                                                                                     

Share this: