विश्वकप फुटबल ऋनतरगत आजको खेलमा ब्राजिल र मोरोक्को तथा स्विट्जरल्यान्ड र कतारबीचको खेल बराबरी

फिफा विश्वकप फुटबलमा ब्राजिल र मोरक्कोबीचको खेल बराबरी भएको छ । न्यूयोर्कको मेटलाइफ रङ्गशालामा आज बिहान ब्राजिल र मोरोक्कोले १-१ गोलको बराबरी खेलेका हुन् ।  खेलको २१औँ मिनेटमा इब्राहिम डियाजको पासलाई सदुपयोग गर्दै इस्माइल साइबारीले गोल गरेपछि मोरक्कोले अग्रता बनाएको थियो । ब्राजिलले खेलको ३२औँ मिनेटमा खेलमा पुनरागमन गर्‍यो । ब्रुनो गुइमारेसको उत्कृष्ट पासमा भिनिसियस […]

क्रमश....

सूर्योदय नगरपालिकामा तीनदिने व्यावसायिक पत्रकारिता क्षमता अभिवृद्धि तालिम सुरु

इलामको सूर्योदय नगरपालिकामा तीनदिने व्यावसायिक पत्रकारिता क्षमता अभिवृद्धि तालिम सुरु भएको छ। पत्रकारहरूको सीप, दक्षता र व्यावसायिक क्षमता विकास गर्ने उद्देश्यले नगरपालिकाको सहयोग तथा नेपाल पत्रकार महासंघ इलामको आयोजनामा तालिम सञ्चालन गरिएको हो। तालिमको उद्घाटन गर्दै कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बराल ले पत्रकारहरूको क्षमता विकासका लागि नगरपालिकाले तालिम आयोजना गरेको बताउनुभयो। उहाँले सुशासन, पारदर्शिता र विकासका […]

क्रमश....

पालटाँगेस्थित शनि मोटरसाइकल ग्यारेमा आगोलागी हुँदा एक घाइते

इलामको सूर्योदय नगरपालिका-८ पालटाँगेस्थित शनि मोटरसाइकल एण्ड टिभिएस सोरुम रहेको घरमा ग्यास सिलिन्डरबाट आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन्। आगलागीमा जनकपुर घर भएका ३० वर्षीय सांसद खान घाइते भएका हुन्। स्थानीय विकास न्यौपानेका अनुसार ग्यास सिलिन्डरबाट सुरु भएको आगो निभाउने क्रममा खानको अनुहार, हात तथा शरीरका विभिन्न भाग जलेका छन्। आगलागीका कारण घरभित्र […]

क्रमश....

राष्ट्रिय दलित पत्रकार संघ नेपालको अध्यक्षमा गोपाल बराइली निर्वाचित

राष्ट्रिय दलित पत्रकार संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट गोपाल बराइली अध्यक्षमा निर्वाचित हुनुभएको छ । महाधिवेशनले बराइलीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण दर्नाल चयन हुनुभएको छ भने उपाध्यक्षहरूमा सावित्री रसाइली, मानसिंह बिक, सुशील दर्नाल, नरभूपाल बिक, विनोद परियार, भोला पासवान, टेकेन्द्र विश्वकर्मा, प्रेमबहादुर बिक, भिमबहादुर बिक तथा सरिता […]

क्रमश....

दाताको सहयोगमा भाग्योदय आधारभूत विद्यालयमा बाल उद्यान उद्घाटन

बिक्रम सुन्दास :- फिक्कल, इलाम इलामको सूर्योदय नगरपालिका–७ स्थित भाग्योदय आधारभूत विद्यालयमा बाल उद्यान उद्घाटन गरिएको छ। विद्यालय व्यवस्थापन समितिको सक्रियतामा विभिन्न दाताबाट सहयोग जुटाई विद्यार्थीहरूको अध्ययनसँगै मनोरञ्जन तथा सर्वाङ्गीण विकासमा टेवा पुर्‍याउने उद्देश्यले बाल उद्यान निर्माण गरिएको हो। सोम्बार आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व चयनसँगै पूर्व अध्यक्ष अमृत कटवाल नेतृत्वको समितिले निर्माण […]

क्रमश....

सूर्योदय सामाजिक प्रतिष्ठानद्वारा स्मारिका एवं साहित्यिक सङ्गालो लोकार्पण

सूर्योदय सामाजिक प्रतिष्ठानद्वारा प्रकाशित स्मारिका एवं साहित्यिक सङ्गालो आइतबार एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ। सूर्योदय नगरपालिका–१० फिक्कलस्थित महिला सिर्जना बहुदेश्यीय सहकारी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद गौतमको अध्यक्षता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि मरव क्याम्पस इलामका पुर्व उप–प्राध्यापक केशबहादुर राई तथा विशेष अतिथि सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गाप्रसाद बराल रहनुभएको थियो। […]

क्रमश....

इलामको फिक्कलमा किराँतहरुको उभौँली चाडको अवसरमा साकेला शिली २०८३ प्रदर्शन

बिक्रम सून्दास :-  फिक्कल , इलाम                       इलामको सुर्योदय नगरपालिका–१० फिक्कलमा उभौँली चाडको अवसरमा दोस्रो बृहत् सकेला प्रदर्शन सम्पन्न भएको छ। किराँत राई यायोख्खा नगर समिति सुर्योदय तथा किराँत राई सांस्कृतिक कलाकार संघ जिल्ला कार्यसमिति इलामको आयोजनामा कार्यक्रम गरिएको हो । किराँत राई यायोख्खा नगर […]

क्रमश....

इलामको सूर्योदय नगरपालिका ४ भित्रि सडकमा पिकअप दुर्घटना हुँदा एकको ज्यान गयो, दुई घाइते

इलामको सूर्योदय नगरपालिका ४ खड्का गाउँस्थित भित्री कच्ची सडकमा बाँस बोकेर जाँदै गरेको पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार आज बिहान करिब ११ः५५ बजे खड्का गाउँबाट बमजम डाँडातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ज ३५३२ नम्बरको पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको […]

क्रमश....

इलाम मा लुङ्खिम भाषाको संरक्षणका लागि स्रोत सामग्री हस्तान्तरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

फिक्कल इलाम, विक्रम सुन्दास इलामको सुर्योदय नगरपालिका ११ मा  लोपोन्मुख लुङ्खिम भाषाको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरणलाई टेवा पुर्‍याउने उद्देश्यले “लुङ्खिम भाषाको भाषा कक्षा सञ्चालनसम्बन्धी स्रोत सामग्री हस्तान्तरण एवं अभिमुखीकरण कार्यक्रम” सुर्योदय नगरपालिका–११ मा सम्पन्न भएको छ। भाषा आयोगको समन्वय तथा लुङ्खिम राई समाज नेपाल, इलामको आयोजनामा सम्पन्न कार्यक्रममा भाषा आयोगका माननीय सदस्य मात्रिका प्रसाद पोख्रेल […]

क्रमश....

गणतन्त्र स्थापनाको १८ वर्ष पुरा, उपलब्धिसँगै चुनौती पनि कायम

नागरिकको त्याग, जनसंघर्ष र जनआन्दोलनबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको छ । जननिर्वाचित पहिलो संविधानसभाले २०६५ साल जेठ १५ गते २४० वर्ष लामो निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र घोषणा गरेको थियो । यही ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै आएको […]

क्रमश....